बेलायतबाट विदेशी डिपोर्ट गर्न एक वर्षमै झण्डै ५० लाख पाउण्ड खर्च


प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार

नेपाली लिङ्क

बेलायतमा गैरकानूनी रुपमा बसिरहेका वा भिसा आवेदन अस्वीकृत भएका विदेशीहरुलाई उनीहरुकै मुलुक फर्काउन बेलायतले ठूलो धनराशी खर्चिने गरेको एक तथ्यांकले देखाएको छ ।

स्कटिश नेश्नल पार्टीले माग गरेको फ्रिडम अफ इन्फोमेसन रिक्वेस्ट लाई प्राप्त सूचनामा गत एक वर्षमा मात्रै विदेशी नागरिक डिपोर्ट गर्न सरकारले ४७ लाख पाउण्ड भन्दा बढी रकम खर्च गरेको पाइएको हो ।

सन् २०१९ को जुलाई महिनायताको अवधिमा उक्त रकम खर्च भएको हो । जुन रकममा बेलायत सरकारले फरक फरक समयमा २३ वटाविमान चार्टर गरी ५ सय ४८ जना विदेशीलाई उनीहरुकै मुलुक फर्काएको थियो । यसरी डिपोर्टेसनमा परी बेलायतबाट निकाला हुनेमा कयौं बालबालिका र गर्भवती महिलाहरु समेत थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

स्कटिश नेश्नल पार्टीलाई उपलब्ध गराइएको विवरणमा सरकारले हरेक चार्टर उडानको लागि २ लाख पाउण्ड भन्दा बढी रकम खर्च गर्ने गरेको देखिएको छ ।

सन् २०१९ को जुलाई २४ देखि गत अगस्ट २७ सम्मको १३ महिनाको अवधिमा डिपोर्टेसनका लागि २३ वटा विमान चार्टर गरिएको थियो । जसमध्ये धेरै उडानहरु कोरोना भाइरस महामारी फैलिएपछि भएका थिए ।

महामारीका बेला जरुरीबाहेकका सबै यात्रामा सरकारले लगाएको रोकको उल्लंघन गर्दै केहि डिपोर्टेसन उडानहरु सञ्चालन गरिएको थियो । जुन उडानहरुमा यात्रुहरुभन्दा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सन नेतृत्वको कञ्जरभेटिभ सरकारले अवलम्बन गरेको डिपोर्टेसन नीतिको विपक्षी लेबर, स्कटिश नेश्नल पार्टी लगायतले चर्को आलोचना गर्दै आएका छन् ।

इमिग्रेसन नियन्त्रणको नाममा मानवअधिकारको रक्षा गर्न नसकेको र कयौं अवस्थामा गलत मानिसहरुलाई जबरजस्ती देशनिकाला गरेको आरोप सरकारमाथि लाग्ने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com