५० वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई


प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार

५० वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन् । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो ।

अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उनको नाम ३४ नम्बरमा छ । विसं २०२६ यताका गुल्मपतिमा उनी पहिलो महिला हुन् भने नेपालमा दोस्रो गुल्मपति हुन् । नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिइन् । जिम्मेवारी बहनसँगै रासससँगको कुराकानीमा गुरुङले भनिन्, ‘तीन दशक लामो प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छु,’ गुल्मपतिको जिम्मेवारीलाई पनि यसको काम, कर्तव्य । अधिकारभित्र रहेर उत्कृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछु ।’ उनले गुल्मपतिको जिम्मेवारीले आफूलाई थप ऊर्जा र उत्साह थपेको बताए ।

आपत्कालीन ब्याक फोर्सका रुपमा रहने गुल्ममा उनको नेतृत्वमा ११० प्रहरी रहनेछन् । गुल्ममा सशस्त्र हतियारसहितका प्रहरी सेवा सञ्चालनसम्बन्धी विविध तालिम प्रदान गरिन्छ । यसअघि उनले दुई दशक लामो समय जिल्ला प्रहरी कार्यालय कास्कीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुखको जिम्मेवारी बहन गर्दै आएकी थिइन् । कास्कीमा हुने विभिन्न आन्दोलन तथा प्रदर्शनमा हुने दङ्गा र भीड नियन्त्रणमा नेतृत्व गर्दै समन्वयकारी भूमिकासमेत गुरुङले बहन गरेकी छन् । विसं २०७२ सालमा मानव बेचबिखनविरुद्ध प्रभावकारी काम गरेको मूल्याङ्कनका आधारमा महिला तथा बालबालिका मन्त्रालयबाट सम्मानित हुनाका साथै दर्जनभन्दा बढी सङ्घसंस्थाबाट उनी सम्मानित भइसकेकी छन् ।

गुरुङले प्रहरी सेवामा पछिल्लो समय महिलाको गर्विलो उपस्थिति निकै सकारात्मक भएको धारणा राखिन् । प्रहरी सेवामा महिला सहभागिताले लैङ्गिक समावेशीकरण कायमका साथै समतामूलक र न्यायिक समाजको लागि भूमिका खेल्ने विश्वास उनको छ । उनले २०४९ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रारम्भ गरेकी हुन् । उनले विसं २०६७ मा प्रहरी निरीक्षकमा बढुवा भएर आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्दै आएकी छन् । रासस

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com