दैनिक ५ हजार मानिस उपत्यका प्रवेश, जोखिम बढ्यो


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

काठमाडौंमा पनि कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्न थालेको छ । शुक्रबार मात्रै काठमाडौं उपत्यकाका ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका एक जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार मात्र उपत्यकाका ४५ जनामा संक्रमण पुष्टि भएको थियो । नक्सालस्थित नेपाल प्रहरीको ७२ जना संक्रमित भएका छन् ।

प्रहरीको तथ्यांकअनुसार थानकोट, साँगा र फर्पिङ नाकाबाट दैनिक करिब ५ हजार मानिस उपत्यका प्रवेश गर्ने गरेका छन् । २६ असारबाट सार्वजनिक यातायात सञ्चालनमा आएदेखि १५ साउनको अवधिसम्म १ लाख २० हजार मानिस उपत्यका प्रवेश गरेको प्रहरीले जनाएको छ । जथाभावी मानिसहरू उपत्यका प्रवेश गरेपछि नै राजधानी काठमाडौं जोखिममा परेको हो । राजधानी जोखिममा परेपछि सरकारले राति ७ बजेदेखि बिहान सात बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ । राजधानी दैनिकमा खबर छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com