सुनको मूल्यमा फेरी नयाँ रेकर्ड : तोलाकै ९९ हजार ३ सय


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

नेपालमा शुक्रबार फेरी सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३ सय रुपैयाँले बढेर ९९ हजार ३ सयमा कारोबार हुँदै रेकर्ड कायम गरेको हो । यसअघि बिहिबार नै उच्च विन्दुमा थियो ।

शुक्रबार चाँदीको मूल्य भने घटेको छ । बिहिबार पनि घटेको चाँदी शुक्रबार तोलामा २५ रुपैयाँले घटेर एक हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको कारण त्यसको असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com