‘सरकार अब त अति भो !‬’


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

नेपाली कांग्रेसका नेता गगन थापाले नेपालमा कोरोना संक्रमण भुसको आगोझैँ फैलिएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेर नेता थापाले प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त भएको आरोप लगाउँदै संक्रमण रोकथामका लागि सरकारको तयारी अपुग भएको बताएका हुन् ।

‘प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त!‬ स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त!‬ भुसको आगाेझै संक्रमण फैलिएको छ,सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ। बालुवाटार को पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ-सरकार अब अति भो!‬’ उनले भनेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com