नेकपाको बैठक फेरि स्थगित !


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

सत्तारुढ ददल नेपाल क्म्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक फेरि स्थगित भएको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। अर्को बैठक ६ गतेका लागि बोलाइएको छ।

‘आज तीन बजे हुने भनिएको स्थायी समिति बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको छ’, कार्यलय सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com