भ्रष्टाचार अभियोगमा २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता र सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मङ्गलबार २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । साथै, विभिन्न घटनामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा तीन जनालाई पक्राउसमेत गरेको छ ।

बर्दियामा जिल्लाको बाँसगढी नगरपालिका नगर कार्यपालिका कार्यालयमा शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव मनप्रसाद रेग्मीउपर चार करोड ५४ लाख ३३ हजार ६९८ रुपियाँ बिगो कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विभिन्न बैङ्कमा रेग्मीको नाममा रहेका खातामा कर्जा कारोबारबाहेक जम्मा तथा खर्च रकम १२ करोड ८० लाख रुपियाँभन्दा बढी जम्मा भएको विवरण बैङ्कले उपलब्ध गराएपछि छानबिन सुरु गरिएको थियो ।

छानबिनका क्रममा रेग्मीले सात करोड ३१ लाख ४५ हजार २९० खर्च तथा लगानी गरेको पाइएको र अख्तियारले सबै बैङ्कमा रहेको रेग्मीको रकम, आम्दानीको स्रोत, लगानीको अवस्था अध्ययन गर्दा साढे चार करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ । अख्तियारले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि रेग्मीकी श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतलाई प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत उपसचिव गोविन्दप्रसाद अधिकारी, मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बा क्रमशः उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनालसहित सात जनाविरुद्ध आठ लाख ५० हजार रुपियाँ बिगोसहित भ्रष्टाचारको मुद्दा दायर भएको छ । सेवाग्राहीबाट घुस लिएको प्रमाणसहित पक्राउ गरी मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यसैगरी जिल्ला प्रशासन कार्यालय, काठमाडौँका नायब सुब्बा लक्ष्मण रायमाझी र लेखापढी व्यवसाय गर्ने खेमराज सापकोटाउपर घुस र रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दर्ता गरिएको छ । यस्तै मालपोत कार्यालय चाबहिलका तत्कालीन नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठउपर घुस लिएको आरोपमा मुद्दा चलाइएको छ । यस्तै जिल्ला कपिलवस्तु साविक तितिर्खी गाउँ विकास समितिका सचिव मुहानन्द खनालसहित चार जनाउपर तीन करोड ९१ लाख २२७ रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । खनालले उपभोक्ता समितिको मिलेमतोमा दोहोरो भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगको अनुसन्धानले देखाएको छ ।

यसैगरी सर्लाही जिल्लाको हरिपुर नगरपालिकाको कार्यालयमा कार्यरत लेखा अधिकृत भूपेन्द्रकुमार सिंह तथा नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक पदमा कार्यरत रमेशबहादुर सिंहउपर नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको सम्बन्धी अर्को मुद्दा दायर भएको छ ।

सप्तरी जिल्लाको सप्तकोसी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहालसहित छ जनाउपर आर्थिक अनियमितता गरेको सम्बन्धी मुद्दा गरिएको छ । यस घटनामा सुन्दर कन्स्ट्रक्सनका प्रोप्राइटर राजकुमार यादव, शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायणप्रसाद यादव र भष्मरवि निर्माण सेवाका सञ्चालक श्यामकान्त चौधरी, शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायणप्रसाद यादवल गायतको संलग्नता रहेको पाइएको छ ।

यसैबीच अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय, राजविराजमा कार्यरत नासु कृष्णवल्लभ ठाकुरलाई १३ हजार रुपियाँ घुससहित पक्राउ गरेको छ ।यस्तै घरेलु तथा साना उद्योग कार्यालय, नेपालगन्जका उद्योग अधिकृत (सातौँ तह) हुकुमबहादुर ओलीले ९६ हजार तीन सय र कैलाली जिल्लाको जोशीपुर गाउँपालिकाको कार्यालयका नासु सिद्धराज जोशीले ८५ हजार रुपियाँ घुस लिएको पाइएपछि अख्तियारले नियन्त्रणमा लिएको छ ।गोरखापत्र

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com