इन्टरनेट गुगल र फेसबुकमा धेरै खपत


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

गुगल र फेसबुकका लागि नेपालीले सबैभन्दा धेरै इन्टरनेट ब्यान्डविथ खपत गर्ने पाइएको छ । नेपाल नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये ८२ प्रतिशत ब्यान्डविथ गुगल र फेसबुक चलाउनमै खर्च हुने देखिएको हो । तथ्याङ्कअनुसार गुगल प्रयोगमा ५१ प्रतिशत र फेसबुकमा ३१ प्रतिशत ब्यान्डविथ खपत भइरहेको छ ।

यसबाहेक समाचारजन्य अनलाइन सामग्रीमा आठ प्रतिशत, टिकटक, अकामाई र इन्टरनेट सेवा प्रदायकको कन्टेन्टमा दुई दुई प्रतिशत ब्यान्डविथ खपत हुने पाइएको छ । अनलाइन चलचित्र हेर्ने सुविधा उपलब्ध गराइरहेको नेटफ्लिक्सका लागि नेपालीले एक प्रतिशत इन्टरनेट खपत गरिरहेको पनि तथ्याङ्कले देखाएको छ । आन्तरिक खपतका यी कन्टेन्टमा प्रतिसेकेन्ड १.६ टेराबाइट इन्टरनेट प्रयोग भएको समूहका अध्यक्ष समितजन थिङले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा पनि गुगल र फेसबुक प्रयोगमै बढी ब्यान्डविथ खपत भएको समूहको तथ्याङ्क छ ।

कुल ब्यान्डविथमध्ये गुगलमा ३२ प्रतिशत, फेसबकुमा २४ प्रतिशत खपत हुने पाइएको छ । अन्तर्राष्ट्रिय ट्राफिकका लागि नेपालीले प्रतिसेकेन्ड पाँच सय जीबीपीएस इन्टरनेट खपत गरिएको पाइएको समूहका अध्यक्ष थिङले जानकारी दिनुभयो । यस हिसाबले नेपालमा अहिले प्रतिसेकेन्ड २.१ टेराबाइट इन्टरनेट खपत भइरहेको पाइएको छ । बन्दाबन्दीअघि यस्तो खपत अझ कम थियो ।

समूहको तथ्याङ्कअनुसार बन्दाबन्दीपछि नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशतले बढेको छ । बन्दाबन्दीको समयमा इन्टरनेटमा मनोरन्जनात्मक सामग्रीमा नेपालीको आकर्षण बढेको देखिएको छ । छोटा भिडियोका लागि लोकप्रिय बन्दै गएको टिकटकको प्रयोग यसबीचमा एक सय प्रतिशतले बढ्यो । त्यस्तै नेटफ्लिक्स र अनलाइन गेमको प्रयोग पनि एक सय प्रतिशतले नै बढेको समूहको तथ्याङ्क छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुगल र फेसबुकको प्रयोग भने क्रमशः १२ र १७ प्रतिशतले बढेको देखिन्छ । नेपालमा ८९ प्रतिशत फिक्स्ड र बाँकी ११ प्रतिशत मात्र मोबाइलबाट ब्यान्डविथ खपत भइरहेको समूहको तथ्याङ्कले देखाएको छ । समूहले प्रस्तुत गरेको गुगलको तथ्याङ्क अनुसार नेपालमा वार्षिक औषत २३ प्रतिशतले इन्टरनेटको खपत बढिरहेको देखिन्छ । इन्टरनेट वितरणमा विगतमा कन्टेन्ट उत्पादन भएकै नेटवर्कबाट वितरण भइरहेकोमा पछिल्लो समय कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन)मार्फत वितरण भइरहेको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार ७२ प्रतिशत जनतामा इन्टरनेटको पहुँच छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com