फोर्थ जुलाईको साँझमा एम्पायर स्टेट भवन, अमेरिकाको जन्मदिनमा यस्तो देखियो न्युयोर्क


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

आज अमेरिकाको २४४ औं जन्मदिन मनाइएको छ । न्युयोर्कमा स्वतन्त्रता दिवशका अवशरमा मेसिजले सबै बोरोमा फायरवर्क गरेको थियो । स्वतन्त्रता दिवशको अवशरमा एम्पायर स्टेट भवन सेतो र निलो रंगको प्रकाशमा पोतिएको थियो ।

सन् १७७६ मा अमेरिका तत्कालिन बेलायती साम्राज्यबाट स्वतन्त्र भएको घोषणा गरिएको थियो । यही दिनको सम्झनामा हरेकवर्ष जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

जुलाई ४ मा कँग्रेसले स्वतन्त्रताको घोषणापत्र स्वीकार गरेदेखि अमेरिकाले यसलाई आफ्नो जन्मदिनका रुपमा मनाउदै आएको छ ।
यसपटक कोरोनाको महामारीका कारण जुलाई ४ को उत्सव विगतका वर्षको तुलनामा भने फरक छ । फायरवर्कसका कार्यक्रमहरु सानासाना रुपमा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com