कैलालीको पूर्वी क्षेत्रका २० घर डुबानमा


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ । विभिन्न नदी र खोलामा आएको बाढी गाउँघरमा पसेर डुबान भएको हो । बिहीबार राति भारी वर्षा भएपछि नदी र खोलाहरूमा बाढी आएको छ । वर्षाका कारण भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार काँढा नदीमा बाढी आउँदा जोशीपुर गाउँपालिका–३ राजीपुर र वडा नम्बर ४ फरिया गाउँमा गरी करिब २० घर डुबानमा परेको छ । घरमा दुई फिटमाथिसम्म पानी पुगेको जनाइएको छ ।
यसैगरी, फरियास्थित हिरालाल चौधरीको घरमा पानी पस्दा कच्ची घर भत्केको विष्टले जानकारी दिनुभयो । ‘घरका सबै सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ’, उहाँले भन्नुभयो, ‘घरबाहेक अरु क्षति भएको छैन ।’

यसैगरी, बर्दगोरिया गाउँपालिका–६ स्थित बासकोटी (घैला) खोलामा बाढी आउँदा खोला किनारमा रहेको करिब १६ घर डुबानमा परेको छ । बाढीले एउटा गोरु र स्थानीयले पोखरीमा पालेको माछा बगाएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।
यस्तै, घोडाघोडी नगरपालिका–२ टनकपुरमा लक्ष्मी न्यौपानेको घर पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

भजनी नगरपालिका–१ र ३ वडामा पनि केही घर डुबानमा परेका छन् । डुबानमा परेका घरको विवरण सङ्कलन गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय भजनीका इन्चार्ज जनक धामीले बताउनुभयो । ‘यी वडाहरूमा पहिलेदेखि डुबान भइरहन्छ’, उहाँले भन्नुभयो, ‘घर डुबेपनि ठूलो समस्या भएको छैन । प्रहरीको टोली त्यसतर्फ खटेको छ ।’

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

राति भएको भारी वर्षाका कारण जिल्लाको पूर्वी क्षेत्रमा रहेको काँढा, कान्द्रा, पथरैयालगायत नदीमा बाढी आएको जनाइएको छ । भजनी नगरपालिकाको केही भूभाग जलमग्न भएको वडा नम्बर १ का स्थानीय गङ्गाराम चौधरीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com