फ्रान्सका प्रधानमन्त्रीसहित मन्त्रिमण्डलद्वारा राजीनामा


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

फ्रान्समा प्रधानमन्त्री इडवार्ड फिलिप र उनको मन्त्रिमण्डलले राजीनामा दिएकाे छ । उनको राजीनामा राष्ट्रपति इम्यानुअ म्याक्रोनले स्वीकृत गरिसकेको इलिसी प्यालेसले जनाएको छ ।

शुक्रबार राजीनामा स्वीकृत गरिएको जनाकारी गराइएको छोटो विज्ञप्तिमा राजीनामाको कारणबारे खुलाइएको छैन । राष्ट्रपति म्याक्रोनले आफ्नो दुई वर्षदेखि नयाँ तरिकाले अघि बढ्ने प्रतिबद्धता गरेसँग क्याबिनेट पुनर्गठन हुनसक्ने अपेक्षा गरिएको थियो ।

राष्ट्रपति कार्यालयले नयाँ सरकार नबनेसम्म नियमित कामहरु भने जारी रहने जानकारी गराएको छ । तर, केही समयपछि जारी गरिएको अर्को विज्ञप्तिमा केही घण्टामै नयाँ प्रधानमन्त्री नियुक्त गरिने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com