अष्ट्रेलियाबाट नेपाली नर्सको पत्र: आफ्नो जीवन जोखिममा भएतापनि सेवा गर्न पाउँदा गौरवान्वित छु


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

दुर्गा उप्रेती

सानैदेखि मेरो नर्स बन्ने सपना थियो । त्यही सपना पूरा गर्ने उद्देश्य सहित अष्ट्रेलिया आइयो । राम्रो सँग पढेर डिग्री हासिल गरी नर्स पनि बनियो । तर यतिमा मात्रै मलाई रोकिनु थिएन । करीअरमा अगाडी बढ्दै एशोशिएट नर्स म्यानेजर बन्न पुगें । आफ्नो प्रगतिसँग धेरै खुसी थियौं म र मेरो परिवार । नहुनु पनि किन, एउटा सरकारी स्कुलमा पढेर विदेशको यूनिर्भसिटीबाट डिग्री हासिल गरेर म्यानेजर लेवलमा पुग्नु म र मेरो परिवारका लागि ठूलो उपलब्धी हो भन्ने लाग्छ मलाई ।

यहि समयमा आयो यो कोरोना भाइरस , जसले संसारलाई नै हल्लाईरहेको छ । विश्वभरी ठूलै संख्यामा मानविय क्षति भईरहेको छ । कोरोनाकै विश्वव्यापी महामारीमा म आफू रहेको देश अष्ट्रेलिया पनि अछुतो रहन सकेको छैन् । तर अष्ट्रेलिया सरकारले समयमै ध्यान दिएका कारण अन्य देशहरुमा जस्तो संक्रमण फैलने र मृत्यु हुने नागरिकको संख्या ज्यादै कम छ ।

म मेरो पेशा अनुसार आफू कार्यरत हस्पिटलमा फ्रन्ट लाइन वर्करका रुपमा प्रतिदिन कार्यरत रहि आएको छु । फेरी मेरो वार्ड रेस्पीरेटोरी वार्ड, कोरोनाको बिरामी यहि वार्डमा भर्ना गर्ने भयो । अस्पताल भर्ना भएका बिरामीलाइ केयर पुगे नपुगेको, उनिहरुको स्वास्थ्य स्थिति, टेस्ट रिपोर्ट के कस्तो आईरहेको छ ? त्यो पनि बुझ्नु पर्ने, नयाँ तालिम र मेडिकल अपडेटको पनि जानकार रहनु पर्ने त मेरो जिम्मेवारी नै हो । जस्तो सुकै अवस्थामा म मेरो पेशाका कारण मानविय सेवामा जिम्मेवार छु र बन्नु पनि पर्छ । र, पनि म मान्छे न हुँ । जब आफू बसेको घरबाट सेवाका लागि अस्पताल जान्छु मेरो मनले सधै भगवान पुकार्ने गर्छ । हे भगवान ! कोरोना संक्रमित भएका विरामी नआउन् है । तर मैले काम गर्ने वार्ड नै रेस्पीरेटोरी वार्ड भएकाले कोरोना संक्रमितको शंका लागेका विरामी नआउने कुरै भएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मलाई त मेरो पेशाले फरक पर्दैन, तर घरमा भएका मेरा , ४ बर्षकी छोरी , १७ महिनाको छोरा अनि मेरो श्रीमान, मेरो दाइलाइ मेरो पेशाको कारणले कोरोना आउने हो कि भन्ने कुराले मेरो मन हरदिन त्रसित हुन्छ । ११ बजे राती म डिउटीबाट आएर घरको ढोका खोल्दा जब मेरी ४ वर्षकी छोरीले ‘ममी’ भनेर अंकमाल गर्न आउँछिन् , मैले ‘छोरी ममीको नजिक नआउ’ भनेर बाथरूमतिर दौड्न्छु । अनि सावरको पानीसँगै मेरा आँखाबाट आँशुको पनि सावर झर्छ । यो कुराले म कैयौं रात निदाउन सकिन । र, पनि मेरो पेशा प्रतिको कर्तव्य पुरा गरि मानविय सेवाका लागि आफूले आफैलाई बलियो बनाएर आफूसंगै काम गर्ने अन्य नर्सहरुलाई सान्त्वना दिएको सम्झन्छु । म लगायतको मेरो टिमले सेवा गरेका बिरामीको सुधार देखेर आन्दित भएको मेरो र मेरा साथीहरुको खुसी भएको पल सम्झिन्छु । घरमा सबैलाइ म ठिक छु, काम ठिक छ भनेर सान्त्वना दिन्छु पनि ।

फेरी अर्को दिनको सिफ्टमा जाने समय आउँछ र मेरो मनले एउटै कुरा सोंच्छ,’ आज कोरोनाको बिरामी होला कि न होला ?

यो त्रसित समय कहिले सकिएला ? यो कोरोनाले यो संसारलाइ कहिले मुक्ति देला ?’। जेसुकै भए पनि आफ्नो पेशा नर्स , फ्रन्टलाइन वर्कर भएकोमा मलाई धेरै खुसी पनि लाग्छ । धेरै बिरामीको जीवनमा सहयोग र उपचारमा थोरै भए पनि आफ्नो योगदान दिन पाएकोमा म आफूलाई धन्य ठान्दछु ।

यहि बिचमा म जन्मिएर हुर्केको देश नेपालमा पनि कोरोनाको संक्रमण फैलिन थालिसकेको छ । मलाई पनि मेरो देशमा यो विपत्तिका बेला मानविय सेवामा लाग्ने इच्छा भने नभएको होइन् । तर, म आफ्नो केही बाध्यताका कारण मेरो देशलाई हालको अवस्थामा योगदान दिन नपाउँदा मन भने खिन्न छ । कोरोनाले विश्वमै मानवजगतको ज्यान लिइरहेकाले आफू जहाँ जुन अवस्थामा भएपनि मानव जातिकै सेवामा लागिरहेकाले गर्वअनुभूति भने गरिरहेको छु । संसारको जुनै पनि ठाँउमा भएर यो कोरोना भाइरस संक्रमण समयमा फ्रन्टलाइन वर्करका रुपमा सहयोग गर्नु हुने सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा नमन गर्न चाहान्छु ।

अन्त्यमा म नेपालमा रहनुहुने म जस्तै पेशामा संलग्न नर्सहरुलाई यो भन्न चाहान्छु कि आफ्नो पेशा प्रतिको कर्तव्य कहिले नभुलौं । हामीलाई भगवानले मानवसेवाकै लागि खटाएर पठाउनु भएको हो । त्यसकारण आत्मबल उच्च राखेर व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) लगायतका अन्य प्रयोग गर्नु पर्ने सामाग्रीको सहि ढंगले प्रयोग गरि मानवीय सेवामा लाग्न विशेष अनुरोध गर्दछु ।

अष्ट्रेलियामा स्वास्थ्यकर्मी लगायत सबैको हाडवर्क , सरकारको विशेष सतर्कताका र जनताले सरकारलाई दिएको साथकै कारण कोरोना संक्रमण बढ्न नसकेको हो भन्ने सबैमा जानकारी समेत गराउन चाहन्छु । अनि, कोरोना भाइरसको अहिलेसम्म स्वास्थ्य विज्ञानमा ठूला ठूला प्रगति गरेका राष्ट्रका वैज्ञानिकहरुले समेत औषधी पत्ता नलाएकाले यसको औषधी भनेकै लकडाउनको पूर्ण पालना नै हो । अनि, कोरोना संक्रमण अन्त्य भई लकडाउन खुलेपनि केही समय घरबाट बाहिर ननिस्कनु होला । विश्वमा एक लाखबढीको ज्यान लिने कोरोना भाइरसबाट आफू पनि बाँच्नु होला, अरुलाई पनि बचाउनुहोला भन्ने अनुरोध गर्न चाहन्छु ।

मेलबर्न , अष्ट्रेलिया

Himalayan Kangaroo

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com