काठमाडौं उपत्यकामा पनि आइपुग्यो सलह


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकाको लतिलपुरमा प्रवेश गरेको विज्ञहहरुले बताएका छन् ।

मनसुनको बेला भएको हुँदा पानी परिरहेको र सलहको झुन्ड समेत कम संख्याको भएको हुँदा किसानलाई अनआत्तिन उनीहरुले सुझाएका छन् । नार्कका किट विज्ञ सुदिप उपाध्यायले सलहको प्रभाव कम गर्न दिउँसोको समयमा जालीको प्रयोग गर्न आग्रह गर्नु भएको छ ।

रातिको समयमा कृषि क्षेत्रमा सलह भेटिएमा भने रासायानिक मल प्रयोग गर्न सकिने समेत बताउनुभयो । नेपालमा सलहले पार्न सक्न प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक जारी छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com