२ लाख पाउन्डको कार किनेको २० मिनेटमै क्षतिग्रस्त
प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार
बेलायतमा खरिद गरिएको २० मिनेटमा नै दुई लाख पाउण्ड अर्थात् तीन करोडको रुपैयाँ बराबरको एक लक्जरी कार दुर्घटनामा परी क्षतिग्रस्त भएको छ ।
निकै लोकप्रिय अनि महंगा कारहरुमध्येको एक ‘ ल्याम्बर्घिनी हुराकन स्पाइडर’ मोडलको उक्त कार वेष्ट योर्कशायरको (एम वान) राजमार्गमा प्राविधिक गडबडीका कारण तेस्रो लेनमा रोकेर राखिएको थियो ।
रोकेर राखिएकै अवस्थामा पछाडिबाट भ्यानले ठक्कर दिएपछि कारको पछाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको योर्कशायर प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा संलग्न भ्यान चालकको टाउकोमा चोट लागेपनि उनको अवस्था सामान्य रहेको बताइएको छ । उक्त कारका चालकको भने पहिचान भइनसकेको प्रहरीले बताएको छ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
‘द सन् ‘ म्यागेजिनले चालकलाई अभागी ड्राइभरको संज्ञा दिएको छ ।






