यसरी भयो सुत्केरी व्यथा लागेको २ दिनपछि उद्धार


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

दुई दिनदेखि सुत्केरी व्यथा लागेकी तुर्माखाँद गाउँपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेर सुर्खेत ल्याइएको छ । गर्भवती रहेकी तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान निवासी १८ वर्षीया मनिसा उखेडालाई राष्ट्रिपति उद्धार कार्यक्रम मार्फत उद्धार गरिएको हो ।

बुधबारबाट सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्य संस्थामा बच्चा जन्माउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगेको बताइएको छ । हामीले अनुरोध गरेपछि ‘सिडिओ साब’ले यसरी सुरक्षित रुपमा सुर्खेत पठाउनुभयो । बन्दाबन्दीको अवधिमा अछामबाट चारजना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ ।

बच्चा जन्माउन नसकेर हवाई उद्धार भएमा महिलाको समयमै उद्धार भएका कारण जीवन सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । यसअघि दुई जना सुर्खेत र दुई जना नेपालगञ्जमा हवाई उद्धार गरिएका मध्येमा तीन महिलाले सहज रुपमा बच्चा जन्माएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com