तलब खुवाउन नसकेपछि युएससीआईएसका २० हजारमध्ये साढे १३ हजार कर्मचारीलाई विदा दिइने


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

अमेरिकामा ग्रिनकार्ड, नागरिकता लगायत सम्पूर्ण आप्रवासन सम्बन्धि काम गर्ने सरकारी निकाय  युएससीआईएसका २० हजार कर्मचारीहरुमध्ये झण्डै साढे १३ हजार ४ सय कर्मचारीहरुलाई वेतलवी विदा दिइने भएको छ । तलब खुवाउन बजेटको अभाव भएपछि उनीहरुलाई अगस्त ३ देखि वेतलवी विदा दिन लागिएको हो ।

युएससीआईएसले बजेट माग गर्दै संसदलाई यसबारे जानकारी गराएपनि संसदबाट बजेट भने पारित भएको छैन । युएससीआईएसको आवेदकको शुल्कबाट चल्ने एजेन्सी भएपनि कोरोनाको महामारीका कारण युएससीआईएसमा रकम अभाव भएको छ ।

कोरोनाको महामारीका बेलामा युएससीआईएसले व्यक्ति उपस्थीत हुनुपर्ने सेवा, ग्रिनकार्ड र नागरिकताका अन्तरवार्ताहरु र नागरिकता वितरण समारोहहरु समेत स्थगित गरेको थियो । अगस्त ३ भन्दा अगाडि संसदले अतिरिक्त बजेटको व्यवस्था गरेको खण्डमा भने कर्मचारीहरु निरन्तर काममा खटिनेछन् ।

युएससीआईएसले जुन महिनाको पहिलो साताबाट नागरिकता वितरण समारोह लगायतका सेवाहरु सुचारु गरेको छ । कोरोनाको महामारीका कारण आवेदनहरुमा कमी आएपछि युएससीआईएसले अगस्तदेखि आधाभन्दा धेरै कर्मचारीहरुलाई तलब खुवाउन नसक्ने अवस्था श्रृजना भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि आधाभन्दा बढी कर्मचारीहरुलाई विदा दिइएको खण्डमा त्यसको प्रत्यक्ष मार आवेदकहरुलाई पर्नेछ । युएससीआईएसमा आवेदनहरुको चर्को ब्याकलग रहेको अवस्थामा साढे १३ हजार कर्मचारीहरुलाई विदा दिइएमा अमेरिकाको आप्रवासन प्रणाली ठप्पप्राय हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com