अष्ट्रेलियाको भिक्टोरिया प्रान्तको सरकारले लकडाउन फेरि सुरु गर्ने


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

अष्ट्रेलियाको भिक्टोरिया प्रान्तको सरकारले फेरि लकडाउन सुरू गर्ने निर्णय गरेको छ। यसभन्दा पहिले सरकारले लकडाउनमा छूट दिने योजना गरिरहेको थियो तर एक पटक कोरोना संक्रमण बढेपछि लकडाउन यहाँ पुनः घोषणा गर्न लागिएको हो ।

शनिबारसम्म, भिक्टोरियामा कोरोना संक्रमणको घटनाहरू १ हजार ८ सय १७ थिए। राज्य प्रमुख डेनियल एन्ड्र्यूजले जुलाई १२ भन्दा अघि लकडाउन खोल्ने योजना कठिन भएको बताएका छन् । यसको कारण कोरोना संक्रमणको बढ्दो घटनाहरु सार्वजनिक भइरहेको छ ।

अब घरमा आयोजित कार्यक्रममा पाँच भन्दा बढी व्यक्तिको भेलामा प्रतिबन्ध लगाइनेछ। एन्ड्रयूजले कोरोना संक्रमणको नयाँ केसमा ५० प्रतिशत घटनाहरु एउटा परिवारबाट अर्को परिवारमा भाइरस सार्ने क्रममा बढेको पनि बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com