न्यूयोर्कमा भर्चुअल रुपमा अन्तर्ध्वनि लोकार्पण


प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा अनेसास न्यूयोर्ककी पूर्ब अध्यक्ष साहित्यकार पूनम काफ्लेको नवौं कृति कथा संग्रह “अन्तर्ध्वनि” को “भर्चुअल” लोकार्पण गरिएको छ ।

भर्चुअल लोकार्पण गरिएको “अन्तर्ध्वनि “नेपाली साहित्य जगतमा नै पहिलो कृति भएको छ।

दुई दशकदेखि अनवरत रूपमा साहित्य सृजनामा समर्पित पूनम काफ्लेका प्रकाशित कृतिहरू -भावना ,छायाँ छवि,परदेशिएका पाईलाहरू,जून तारा ,अन्तर्धारा, गीतहरु हुदैँ अन्तर्ध्वनि सम्म प्रकाशित हुन आएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महाबाणिज्यदूत पुष्पराज भट्टराई , अ ने सा स केन्द्रका अध्यक्ष राधेश्याम लेकाली, अ ने सा स ट्रष्टी अध्यक्ष आदरणिय साहित्यकार गीता खत्री, कथाकार मधुवन पौडेल, साहित्यकार डा. मधु माधुर्य , जगदिश उपाध्याय पूर्ब च्याप्टर अध्यक्षहरू आदरणिय साहित्यकार ज्योती पौडेल, बिकाश बिष्ट, राजेन्द्र श्रेष्ठ लगायत च्याप्टर का सदस्यहरू सल्लाहकार र साहित्यकार रश्मी भट्ट, उपाध्यक्ष शान्ता घिमिरे , राजन महर्जन, जानुका वस्ति ढकाल , मेनका पराजुली, सिर्जना लामा, सोभा गौतम , पूर्व पदाधिकारी बेदा आचार्य ,साहित्यकार सिता खरेल, समालोचक /साहित्यकार रश्मि भट्ट, साहित्यकार बिनोद रोका, साहित्यकार किशन सिंह धामी किरण काफ्ले साथै अन्य साहित्य अनुरागीहरुको पनि उपस्थित थियो।

उपस्थित सम्पूर्ण सहभागीहरुले कथाकार पूनम काफ्लेलाई बधाई ज्ञापन गर्नुभएको थियो भने नेपालबाट जोडिनु भएका अतिथि राधेश्याम लेकाली र मधुवन पौडेल साथै अतिथि पुष्पराज भट्टराई गीता खत्री जगदिश उपाध्याय लगायत सबैले आ आफ्नो भावनाहरु व्यक्त गर्नु भएको थियो ।

अंतर्ध्वनि कथा संग्रहको समीक्षा गर्दै डा. मधु माधुर्यले पूनम काफ्लेको कृतिमा समाबेस भएका बीस वटा कथाका बारेमा प्रष्ट पार्दै कथामा निहित मधुर भाव ,मानबिय समबेदना, पुराना र नयाँ सोचको द्वन्द ,रुढीवादी समाज भित्रका बाध्यताहरू, सेरोगेट पिताको महानता, तेस्रो लिंगी समाजले भोग्नु परेको पीडा, बिदेशिएर झेल्नु परेको दुख, पुरुष हृदयको कोमल पन, आदिको बारेमा प्रकाश पार्नु भएको थियो ।

उपस्थित पूर्व अध्यक्षहरू लगायात च्याप्टरका सदस्यहरुले पनि कथाकार पूनम काफ्लेलाई शुभकाना र बधाई दिनु भइ बिदेशी परिवेशमा लेखिएको अन्तर्ध्वनि कृति लोकापर्ण भएकोमा खुशियाली व्यक्त गर्नु भएको थियो।

सहभागीहरुले काफ्ले लाई  लेखन आख्यानमा एकदम राम्रो भएकोले वहाँबाट नेपाली साहित्य भण्डारले उपन्यास पनि छिट्टै पाउने आशा र शुभकामना ब्यक्त गर्नु भएको थियो। श्रस्टा  काफ्लेका श्रीमान किरण काफ्लेले सर्जकलाई बधाई दिनु हुदै उक्त कथा संग्रहबाट एक हरफ़ कथा पढेर सबैलाई सुनाउनु भएको थियो ।

अनेसास न्यूयोर्क च्याप्टरका महासचिब साहित्यकार राजन महर्जनले कार्यक्रम संचालन गर्नुभएको थियो भने अध्यक्ष शकुन ज्ञवालीले पूनम काफ्लेको मिलनसार,सौम्य शालीन ,सकारात्मक व्यक्तित्वको चर्चा गर्दै उपस्थित पाहुनाहरु र लाइभ कार्यक्रम हेरिरहने सबैमा धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com