रुकुमका घटनामा विश्वस्त तुल्याउन चाहन्छु- अपराधीहरूले कुनै उन्मुक्ति पाउने छैनन् : पररास्ट्र मन्त्री प्रदीप ज्ञवाली


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

कवि,साहित्यकार एवं सामाजिक अभियन्ता प्रकाश नेपालले रुकुम घटनाका बारेमा प्रवासमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आफ्नो, आफ्नो क्षेत्रमा पश्चिम रुकुमको जातीय बिभेद र जघन्य हत्या र अपराधका विरुद्ध आफ्नो जिल्लाका मन्त्री, सांसद विधायक मार्फत आवाज उठाउन र अपराधीलाई कारबाहीका लागी दबाव सृजना गर्न अपील गर्नु भएको छ । समतामूलक समाज निर्माण गर्नु सबै सचेत नेपालीको कर्तब्य हो । सोही अनुसार मेरो जिल्ला गुल्मीका सांसद पररास्ट्र मन्त्री प्रदीप ज्ञवालीजीलाई ईमेल पठाएको थिएँ। तदअनुरुप मन्त्री ज्ञवालीले जवाफ दिनु भएको नेपालले बताउनु भयो। नेपालले मन्त्री ज्ञवालीलाई र नेपाल बीच भएको ईमेल को कपि खसोखासलाई उपलब्ध गराउँदै सरकारका प्रभावशाली मन्त्रीको यो सन्देशले अपराधीहरू माथी कारबाही हुने कुरामा थप हौसला मिलेको बताउनु भयो ।

नेपालले गरेको मन्त्री संग गरिएको ईमेल संवाद ।

On Sun, May 31, 2020 at 23:36 Prakash Nepal <[email protected]> wrote:

मन्त्रीज्यू

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नमस्ते

यो गार्हो तथा चुनौतिपूर्ण समयमा सन्चै हुनुहुन्छ होला। हाम्रो सम्झनामा त हुनुहुन्छ नै। तपाई केहिबर्ष अघि USA आउदा भेटघाट भएको थियो र संगै परशुराम भण्डारी संगै गएका पनि थियौं, साएद बिर्सि पनि सक्नु भए होला।

मेरो घर तम्घास हो। म अमेरिका बसेको करिब २४ बर्ष भयो। नेपालका जातपातका निकै घटनाहरु बेला बेलामा सुन्नमा आएकै हो। अहिलेको बीसौं सताब्दिमा पनि यो निक्रिस्ट घटना हुनु देश कै दुर्भाग्य हो। अहिले आएर रुकुममा फेरी जातिपाति कै आधारमा हत्या भएको कुरा सुन्नमा आयो-जुन अत्यन्त दुखको कुरा हो।

मैले यस बिषयमा मैले गोकर्ण बिष्टजीसित पनि कुराकानी गरेको थिएँ। अनि हाम्रो संसद्को रूपमा तपाईलाई पनि सम्झेको छु। तपाईलाई मेरो अनुरोध के भने तपाईले यो बिषयमा बलियो प्रकारले सरकारले लियोस अनि पीडितहरुले निष्पक्ष रुपमा न्याय पाउनकोलागि तपाईको के कस्तो सहायोग हुन संक्छ, गर्नु पर्यो।

अहिलेलाई मैले यत्ति मै बिसायं ।

All the best!

Regards

Prakash Nepal

Answer from Pradeel Gyawali:

प्रिय प्रकाशजी,

नमस्कार ।

तपाईँको इमेल पाउँदा निकै ख़ुशी लाग्यो । कोरोना महामारीको प्रतिकूल समय र त्यसको पनि केन्द्रविन्दु बनेको अमेरिकामा अचेल जीवन पक्कै पनि असहज बनेको होला । सुरक्षित र स्वस्थ रहनुहोला भन्ने शुभकामना व्यक्त गर्दछु ।

सन् २००९मा तपाईँहरूसँग भएको भेट संझिरहेको छु ।निश्चय नै, रूकुम घटना हाम्रो लोकतान्त्रिक प्रणालीका लागि एउटा चुनौती हो ।विश्वस्त तुल्याउन चाहन्छु- अपराधीहरूले कुनै उन्मुक्ति पाउने छैनन् ।सम्पर्कमा रहिरहनु होला ।

धन्यवाद !

प्रदीप ज्ञवाली

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com