विभेद विरूद्व !


प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार

शरद पौडेल

ए ब्राह्मणवादी बुख्याँचा!

म जाजरकाेटे बिश्वकर्मा,

नवराज बिश्वकर्मा,

जातीय विभेद र छुवाछूत बिरूद्वकाे फिलुङ्गाे

प्रेमिल ह्रृदयकाशकाे याैटा जिवात् ।

शुष्मिल ह्रृदयकाे सुमधुर गीत ।

मसंग थिएनन्

तँसंग जस्ता जातीय छुद्रताहरू ।

तँ भित्र जस्ता अविवेकी ज्ञानहरू ।

हाे! मभित्र थिएनन्

तँ भित्र जस्ताे कलुषित पशुत्व

र, मर्यादाहीन दानबियता ।

ए, कलंक मानवताका !

ए, स्वघाेषित पुज्य !

म नवराज विश्वकर्मा

तेरा शास्त्रकाे पैतालोबाट जन्मेकाे धुलाे ।

तर,

तर मेरै पाैरख र सिर्जनामा त फूलिस् तँ पनि

मेरै सेवाहरूबाट त हुर्किईस् र बढिस् तँ पनि ।

मेरा पसिनाहरूमा हुर्किएकाे तँ

मेरा पाैरखहरूमा माैलाएकाे तँ

कसरी निर्माणीईस् यति धेरै निकृष्ट र निर्दयी

कसरी बनिस यति धेरै क्रुर र अाततायी

बिना कुनै बिठ्याँई

शुष्मील छातीमा, फूलीहेकाे म भिरफूल

तेराे कथित जातीय उच्चताले

तेरा बिद्रुप अमानवीय क्रुरताले

सहेन मेराे प्रेमकाे ईन्द्रेणी र च्यातिस्

पचेन मेराे खुला अाकाश र ढाकिस् ।

तर नबिर्सि दुष्ट बुख्याँचा !

याे त हाम्राे समय हाे

याे पाैरखी र सिर्जितहरूकाे समय हाे

हाे! याे त नबराजहरूकाे समय हाे ।

ताेड्दै तेरा षडयन्त्रहरू

मनुवादी जातीय उचनिचहरू

म त प्रेमकाे सुन्दरतामा, उच्चतामा

निहारीरहेकै छु अझपनि

प्रेमिल अाँखाहरूबाट दुनिया

प्रितकाे सर्बोच्चताबाट सिङ्गै बम्हाण्ड ।

अहँ,

तैंले साेचे जसरी म मरिरहेकाे छैन

बरू जीईरहेकाे छु काेटीकाेटीहरूमा

प्रेमिल उच्चताका साथ शान्त ह्रृदयमा ।

तेरा जातीय श्रेष्ठताकाे बिरूद्व

बिल्कुलै मानवतामा,

त्यसकै सर्बोच्चतामा ।

(जाजरकोटका नवराज विश्वकर्मा, जस्ले जातीय विभेद तोड्दै प्रेम गरे बापत मृत्यु उपहार पाए ! कथित जातीय उच्चताका अहँकारीहरूले उनलाई कुटपिट गरेर मारे। हार्दिक श्रद्वा सुमन- नवराज विक)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com