जातिय विभेदमा संलग्नलाई कारबाही गर्न नासो कम्युनिटिको माग


प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार

बाल्टीमोर ।

पोखरा महानगरपालिका १६ स्थित चण्डिकाटोल बस्ने मोहन कुमार सुनार माथी गत बैशाख १९ गते भएको जातिय विभेद विरुद्ध नासो कम्युनिटि अमेरिकाले भत्सर्ना गरेको छ । अमेरिका स्थित जातिय छुवाछुद तथा भेदभाव विरुद्ध सक्रिय सामाजिक संस्था नासोले सो घटनालाई मानव अधिकार तथा सामाजिक न्याय विरुद्धको अपराधको भएको भन्दै दोषीलाई कारबाहीको माग समेत गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा दुवईमा रहेका भाईको मृत्य भएपछि हिन्दु परम्परा अनुरुप काजकिरिया गर्न गौराखोरस्थित शार्वजनिक काजकिरिया भवनमा जाँदा स्थानियले दलित भन्दै रोक लगाएका थिए । उनको शव नेपाल ल्याउन भने सकिएको छैन ।

अध्यक्ष गोपाल विश्वकर्माद्वारा जारी विज्ञप्तिमा अपराधमा संलग्न जनक थापा, देव वहादर थापा र राम वि.सीलाई कारबाहीको माग गरिएको छ ।

त्यस्तै, स्थानिय प्रहरी समक्ष उजुरी दर्ता भएकोमा पीडक पक्षले पटक–पटक डर, धम्कि र त्रास पैदा गर्दा पनि ने.क.पा. कास्कीका अध्यक्ष तथा निर्वाचित सदस्य, प्रदेश सभा गण्डकी प्रदेश, कास्की २ (१) का कृष्ण बहादर थापाले पक्षपोषण गरेको नासोको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, जातिय छुवाछुद तथा भेदभाव विरुद्धको उजुरीलाई उत्श्रृङ्खल तत्वको रुपमा परिभाषित गर्ने ने.क.पा. कास्कीका अध्यक्ष तथा निर्वाचित सदस्य, प्रदेश सभा गण्डकी प्रदेश, कास्की २ (१) का कृष्ण बहादर थापालाई पदवाट तत्काल वरखास्त गरी आवश्यक कानूनी कारबाहीको लागी नासो कम्युनिटि अमेरिका, जोडदार माग समेत गर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com