संस्कृत भाषाको पठनपाठन थाल्ने सरकारको निर्णयप्रति फिप्नाको आपत्ति


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

न्यूयोर्क/

नेपाल सरकारले संस्कृत भाषाको पठनपाठन थाल्न गरेको निर्णयमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरीकाले आपत्ति जनाएको छ । नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले संस्कृत विषयलाई २०७७ को शैक्षिक सत्रदेखि कक्षा १ मा पठनपाठन थाल्ने र आवश्यक परे सबै तहका कक्षामा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सो निर्णयप्रति नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

फिप्नाका अध्यक्ष लोक चेम्जोङ ले एक विज्ञप्ती जारी गर्दै नेपालमा हाल १२३ मातृभाषाहरू बोलिनेमा सरकारले एकल जातिय भाषालाई मात्र संरक्षण गरेको भन्दै महासंघले भ्रत्सना गरेको हो।

सरकारको निर्णय असंवैधानिक भएको भन्दै फिर्ता लिन समेत माग गरिएको छ । फिप्नाले नेपालका रैथाने मातृभाषाहरूको पाठ्यक्रम, पाठ्यपुस्तक तयार गरी पठनपाठनको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारसँग माग समेत गरेको छ।

साथै कोरोनाको विरुद्धको अभियानमा फिप्ना सबैसंग संगसंगै छौं । विज्ञप्ती मार्फ़त भनिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com