“एक दिन”


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

कन्चन केसी

मायाको सांच्चो अर्थ बुझ्न
एक दिन नारी बनेर त हेर,
आफ्नै आमा , दिदी-बैनी र
साथी सम्झेर ममताले त बेर।

हेर त त्यो नीले आकाश
कस्तो कन्चन छ साथी,
हाम्रो कर्तव्य र ज़िम्मेवारी छ
संसार भन्दा पनि माथी ।।

आज दिन्छु यो धर्ती मातालाई
शुभ – कामना मेरै हातबाट,
जसले जीवनको पूर्ण अर्थ र
हौसला दिईन् उनकै साथबाट ।।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com