“एक दिन”


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

कन्चन केसी

मायाको सांच्चो अर्थ बुझ्न
एक दिन नारी बनेर त हेर,
आफ्नै आमा , दिदी-बैनी र
साथी सम्झेर ममताले त बेर।

हेर त त्यो नीले आकाश
कस्तो कन्चन छ साथी,
हाम्रो कर्तव्य र ज़िम्मेवारी छ
संसार भन्दा पनि माथी ।।

आज दिन्छु यो धर्ती मातालाई
शुभ – कामना मेरै हातबाट,
जसले जीवनको पूर्ण अर्थ र
हौसला दिईन् उनकै साथबाट ।।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com