मिस वर्ल्ड २०१९ टोनी एन सिंह नेपालमा


प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार

तीनदिने औपचारिक भ्रमणका लागि मिस वल्र्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छन् । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा मिस वल्र्ड सिंहसँगै मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका हुन् ।

उनीहरुलाई त्रिभुवन विमानस्थलमा मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् । मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई २५ औं वार्षिकोत्सवमा सहभागी हुनका लागि गरेको निमन्त्रणा स्वीकार गरेर उनीहरु आइपुगेको समेत बताइएो छ ।

मिस वल्र्ड र आयोजकले भोलि सिन्धुपाल्चोकको हेलम्बु पुगेर मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले निर्माण गरिरहेको प्रोजेक्ट हिमालय ग्रेट ट्रेल अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि मकवानपुरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिरहेको प्रोजेक्ट अवलोकन गर्ने कार्यक्रम छ ।

यस्तै, सरकारले मिस वल्र्ड आयोजकसँग मिस वल्र्ड नेपालमा आयोजना गर्ने विषयमा समेत छलफल गर्ने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com