कान्तिपुर अवार्डप्राप्त नेपालको राष्ट्रगीतमा मिचिएको भूभागको नक्सा बनाउँदै कलाकार


प्रकाशित मिति : फाल्गुन ३, २०७६ शनिबार

कान्तिपुर नेशनल म्युजिक अवार्डमा उत्कृष्ट राष्ट्रगीतको अवार्ड जितेको पूर्व तिम्रो रस्ती बस्तीको म्युजिक भिडियो नेपालको सिमा मिचिएको मर्ममा आउने भएको छ । गीतमा कलाकारले भारतीय पक्षबाट मिचिएको नेपाली भूभाग समेत समेटर नेपालको नक्सा बनाइरहेको देख्न सकिनेछ ।

आज छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियो एकसातापछि सार्वजनिक हुनेछ । भिडियोमा मिस्टर मोडल अफ द वल्र्ड २०१८ दिक्पाल कार्की, विभिन्न चलचित्रहरु र म्युजिक भिडियोमा अभिनय गरेकी कलाकार ऋचा थापा, चित्रकार तथा संगीतकार ज्योतिप्रकाश बिक, गायिका स्वयम् शीतल पाण्डे लगायतको अभिनय रहेको छ ।

भिडियोको निर्देशन याम गुरुङले गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका छन् ।

गीतका गायक शीतल पाण्डे र निशान भट्टराई हुन् ।दिनेश अधिकारीको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतको एरेन्ज महाराज थापाले गरेका हुन् भने मास्टरिङ किशोर थापाले गरेका हुन् ।

गीतका रेकर्डिस्टहरु साजन शाह र राजेश श्रेष्ठले गरेका हुन् भने गीतको रेकर्ड काठमाडौंको पुतलीसडकमा रहेको ए वान म्युजिसिएनमा भएको हो ।

वाद्यवाधनमा ढोलक, तबला र मादलमा कुमार महाराज, बासुरीमा गोपालदेव घतानी, रिदम गितारमा संजिव बराईली, बेस गितारमा अनुप दास, सारंगीमा धर्म गन्धर्वले साथ दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com