शान्तिका लागि साझा अभियान (कोक्याप) को नया नेतृत्व चयन, अध्यक्ष पदमा रोशना खड्का


प्रकाशित मिति : पुस २०, २०७६ आईतबार

काठमाडौँ /
शान्तिका लागि साझा अभियान (कोक्याप)को केन्द्रिय कार्यसमितिको अध्यक्षमा रोशना खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।
पौष १९ गते चितवनमा आयोजित कोक्यापको १६ औ साधारण सभा तथा आठौ अधिवेसनले खड्कालाई केन्द्रिय कार्यसमितिको अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

अधिवेसनमार्फत वरिष्ठ उपाध्यक्षमा पुष्प भुषाल र महिला उपाध्यक्षमा आभा कुमारी सिंह निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कोक्यापको महासचिव पदमा मतदान प्रक्रियामार्फत पुष्प पौडेल विजयी हुनुभएको छ । सचिवमा जजराज शाही र कोषध्यक्षमा अर्जुन ढकाल र दलित सदस्यमा अमिर तिरुवा पनि निर्वाचित गरिएको छ ।

कार्यसमितिको महिला सदस्यमा विशना भट्ट र गौरा नेपाली निर्विरोध निर्वचित हुनुभएको छ भने मधेसी समुदायबाट विनोद कुमार चौधरी कार्य समितिको सदस्य हुनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी अधिवेसनले प्रदेश १ को संयोजकमा रामनारायण यादव, प्रदेश २ को संयोजकमा राम उदय महतो, प्रदेश ३ को संयोजक मा विरु नेपालीलाई निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी प्रदेश ४ को संयोजकमा सरु अधिकारी, प्रदेश ५ मा शोभना मिश्र, प्रदेश ६ को संयोजक जयन्ति न्यौपाने वली र प्रदेश ७ को संयोजकमा मोहन ओड निर्विरोध निर्वाचित हुनुभएको हो ।

स्वयंसेवकहरुको तर्फबाट सुमन गुरुङलाई सर्वसम्मतले कार्यसमिति सदस्यका लागि निर्वाचित गरेको छ ।

निर्वाचनपछि नव निर्वाचित अध्यक्ष रोशना खड्काले शान्ति, मानव अधिकार, र न्याय नागरिक अधिकारका लागि अग्रजले देखाएको वाटो नभुल्ने र अझ यसको गरिमा वढाउन सधै अग्रसर भएर लाग्ने प्रतिवद्दता गर्नु भयो । उहाँले नव निर्वाचित सवै पदाधिकारीहरुलाई वधाई तथा शुभकामना दिदै, कोक्यापको प्रतिष्ठा, यसको उचाई कायम राख्न हिजो जसरी नेटवर्कको रुपमा नागरिका समाजको अगुवाई गरेको थियो त्यसरी नै त्यही गतिलाई वढाउन आफुले सक्दो पहल गर्ने वताउनु भयो ।

बधाई तथा शुभकामना दिने क्रममा शान्तिका लागि साझा अभियान कोक्यापका निवर्तमान अध्यक्ष तथा वद्री भुषालले नागरिक अधिकारको प्रत्याभुतिका लागि सबैको योगदान, साथ र सहयोगको सधै अपरिहार्य आवश्यकता रहने उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यकाल सकिएपनि कोक्याप संगको लगाव, आत्मियता र सदभाव र सहकार्य नटुटाउने र हरदम साथ सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

कोक्याप देशभरीका ४३ वटा सामाजिक संस्थाको छाता संस्थाको रुपमा नागरिक समाजको अगुवाई गर्दै शान्ति, मानव अधिकार र सामाजिक न्यायका लागि क्रियासिल रहेको छ ।

कोक्याप सन २००७ मा स्थापना भएको संस्था हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com