अमेरिकामा रोजगारमा आधारित ग्रिनकार्डको ब्याकलग ८ लाख, यस्तै रहे कतिपयलाई ५० बर्ष लाग्ने


प्रकाशित मिति : पुस २, २०७६ बुधबार

अमेरिकामा कानुनी रुपमा काम गरिरहेका झण्डै ८ लाखले ग्रिनकार्डको चर्को ब्याकलगको सामना गरिरहेका छन् । रोजगारमा आधारित ग्रिनकार्डको ब्याकलग निकै चर्को भएपछि प्रतिक्षा अवधि पनि बढेको छ ।

रोजगारमा आधारित ग्रिनकार्ड कुरेर बसिरहेकाहरुमा धेरैजसो भारतीय रहेका छन् । वासिंटन पोष्टमा प्रकाशित रिपोर्ट अनुशार कतिपय प्रकारको ग्रिनकार्ड प्राप्त गर्न उनीहरुलाई ५० बर्षसम्म समेत लाग्ने अवस्था श्रृजना भएको जनाइएको छ ।

सन् १९९० देखि बार्षिक कोटामा बृद्धि नगरिएका कारण भारतीयहरुलाई रोजगारमा आधारित ग्रिनकार्डको चर्को ब्याकलगको सामना गर्नुपरेको हो । अमेरिकामा रोजगारमा आधारित ग्रिनकार्ड आवेदकहरुमा भारतीयहरुको संख्या निकै उच्च रहेको छ ।

लुजियाना निवासी योगी छाब्राले आफू २१ बर्षदेखि अमेरिकामा बस्दै आएको र ९ बर्षदेखि ब्याकलगको सामना गर्नुपरेको बताएका छन् । उनका २३ बर्षको जेठा छोरा ३ बर्षको उमेरदेखि अमेरिकामा बस्दै आएका छन् तर दुईबर्ष अगाडि २१ बर्ष काटेकाले उनले बुबामार्फत ग्रिनकार्ड पाउने योग्यता समेत गुमाएका छन् । २० बर्षदेखि अमेरिकामा बस्दै आएका उनले अहिले देशनिकालाको सामना गर्ने अवस्था आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्ने २५ बर्ष लाग्ने र त्यसपछि ग्रिनकार्ड प्राप्त गरेपछि नागरिकता प्राप्त गर्न पाँचबर्ष लाग्ने अवस्था सृजना भएको छ । जसका कारण उनीहरुले कतिपय परिवारका सदस्यलाई ग्रिनकार्ड आवेदन दिंदा १५ देखि २० बर्षसम्म लाग्ने अवस्था भएका कारण यो प्रकृयाबाट परिवारका कैयन सदस्यलाई ग्रिनकार्ड प्राप्त गर्न ५० बर्षसम्म लाग्ने हिसाब गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com