मिस वर्ल्डमा अनुस्काले जितिन् ब्यूटी वीथ पर्पोज अवार्ड, टप १२ भित्र पर्न सफल


प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार

मिस नेपाल अनुष्का श्रेष्ठले ६९औं संस्करणको मिस वर्ल्डमा ब्यूटी वीथ पर्पोज अवार्ड जितेकी छन्। मंगोलिया, मलेसिया, ट्युनिसिया, भेनेजुएला, भारत, फ्रान्स, नाइजेरिया, भियतनाम र इन्डोनेशियाका युवतीलाई पछि पार्दै उनले उक्त अवार्ड जितेकी हुन् ।

ब्यूटी वीथ पर्पोजका उत्कृष्ट १०

हेड टु हेड च्यालेन्जसमेत जितेकी उनी ११२ देशका प्रतिस्पर्धी सुन्दरीमाझ टप ४० मा परेकी थिइन्। अनुष्का मिस वर्ल्डको टप १२ भित्र पर्न सफल भएकी थिइन् । तर टप फाइभमा भने पर्न सकिनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिस्पर्धामा मिस वर्ल्डको ताज एक अश्वेत युवतीले पहिरिएकी छिन् । मिस युएसए, मिस टिन युएसए, मिस अमेरिका र मिस युनिभर्सको ताज अश्वेत युवतीले पहिरिए लगत्तै मिस वर्ल्डको ताज पनि अश्वेत युवतीले नै जीत्न सफल भएकी छिन् ।

शनिबार भएको मिस वर्ल्डमा जमैकाकी टोनी आन सिंहले ताज पहिरिइन् । लण्डनको एक्सेल एरिनामा भएको कार्यक्रममा ताज पहिरिएपछि उनले भविश्यमा डाक्टर बन्ने योजना बनाएको जनाइएको छ ।

२३ बर्षकी सिंह फ्लोरिडा स्टेट युनिभर्सिटीबाट मनोविज्ञानमा स्नातक हुन् । उनले मेडिकल स्कुल भर्ना हुने तयारी गरिरहेको मिस वल्र्डको वेवसाइटमा जनाइएको छ ।

प्रतियोगितामा फ्रान्सकी युवती दोश्रो भएकी छिन् भने इन्डियाकी युवती तेश्रो भएकी छिन् ।त्यस्तै मिस वर्ल्ड ओसियाना कुक आइल्याण्ड, युरोप फ्रान्स, क्यारेबियन ट्रिनिडाड एण्ड टोबागोका युवतीले जितेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com