सिद्दबाबाको अझै सात दिन प्रहरी हिरासतमै बास


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा परेमा सिद्दबाबा उर्फ कृष्णबहादुर गिरी थप सात दिन प्रहरी हिरासतमै रहने भएका छन् ।

सिद्दबाबालाई जिल्ला अदालत सुनसरीले अनुसन्धानका लागि थप सात दिनको म्याद थप गरेको हो । शुक्रबार सिद्दबाबालाई अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

यस अगाडि प्रहरीले चार दिनको म्याद थप गराई अनुसन्धान गरेको थियो । करणी प्रयासको उजुरीपछि मंसिर १६ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com