‘मिस्टर आइकन वर्ल्ड’मा नेपाली युवा अमर सेकेण्ड रनर अप, वेष्ट नेशनल कस्ट्युमको उपाधी


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

भारतको मुम्बइमा सम्पन्न मिस्टर आइकन वर्ल्डमा नेपाली युवा अमर ल्हायो मगरले सेकेण्ड रनर अपनको उपाधी चुम्न सफल भएका छन् । १० देशका टपटेन प्रतिस्पर्धीहरुबीचको स्पर्धामा अमर सेकेण्ड रनर अप भएका हुन् ।

मिस्टर आइकन वर्ल्डको उपाधी फिलीपिन्सका मार्टिनले चुमे भने फस्ट रनर अपको उपाधी भारतका आदित्यले पाए । सेकेण्ड रनरअप २६ बर्षका अमरले वेष्ट नेशनल कस्ट्युमको समेत उपाधी हात पारेका छन् ।

अमरलाई नेपालका चर्चित मोडल मिस्टर मोडल अफ द वर्ल्ड २०१८ दिक्पाल कार्कीले प्रशिक्षण दिएका थिए । पेजेन्ट नेपाल इन्टरनेशनलको व्यवस्थापनमा अमर उक्त प्रतियोगितामा सहभागी भएका थिए ।

भारतको द कल्वको हलमा सम्पन्न प्रतियोगितामा भारतका टेलिभिजन जगतका सेलिब्रेटीहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली मोडलिङ क्षेत्रमा अगाडि बढ्दै गरेका अमर लागी परेका अमर यसअघि नेपालज नेक्स्ट टप मोडेलमा पनि सहभागि भएर सफलता हात पारेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com