यस्तो भयो न्युयोर्कमा थ्यांक्सगिभिङ परेड (फोटो फिचर )
प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार
न्युयोर्कमा हरेक बर्ष विशाल थ्यांक्सगिभिङ परेडको आयोजना गरिदै आएको छ । ब्राण्डेड स्टोर मेसीजले हरेकबर्ष थ्यांक्सगिभिङ डेको दिनमा परेड आयोजना गर्दै आएको छ ।
यो परम्परा झण्डै १ सय बर्षदेखि चल्दै आएको छ । न्युयोर्क सिटीमा वार्षिक थ्यांक्सगिभिङ परेड सन् १९२४ बाट आयोजना गर्न थालिएको हो ।
सुरुमा सेन्ट्रल पार्कको चिडियाखानाबाट ज्यूदा जनावारहरु नै परेडमा सहभागी गराइन्थे । तर पछि सन् १९२७ देखि ज्यूदा जनावरको साटो जनावरजस्ता देखिने बेलुन उडाउन थालिएको हो ।
मौषममा आएको खराबीका कारण यो वर्ष बेलुनहरु झण्डै थन्काउन परेको थियो । तर अन्तत मौषम त्यती धेरै खराब नभएका कारण बेलुन उडाउन सफल भएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
न्युयोर्कको थ्यांक्सगिभिङ परेड झल्काउने केही तस्वीर एपी र गेटी इमेजबाट ।

























