४० मुलुकका पर्यटनमन्त्रीलाई नेपालमा निमन्त्रणा, जनवरी १ मा भ्रमण वर्षको भव्य शुरुआत


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको बताउनुभएको छ । उहाँले विभिन्न मुलुकका मन्त्रीसँग पर्यटन प्रवद्र्धनका विषयमा विचार आदानप्रदान गरिने उल्लेख गर्नुभयो ।

भ्रमण वर्षलाई लक्ष्य गरी विश्वका विभिन्न चर्चित व्यक्तित्व तथा राजनीतिक व्यक्तित्वलाईसमेत निमन्त्रणा गरिएको मन्त्री भट्टराईले बताउनुभयो । “काठमाडौँसहित सात प्रदेश र विदेशी कूटनीतिक नियोगमा समेत आगामी जनवरी १ तारिखका दिन राष्ट्रिय महोत्सवका साथ कार्यक्रम गरिनेछ”, उहाँले भन्नुभयो । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी यसअघि नै छुट्टै कार्यालय स्थापना गरिएको उल्लेख गर्नुभयो ।

भ्रमण वर्ष सफल बनाउन आफ्नो नेतृत्वमा पटक पटक बैठक बसेको र पर्यटन क्षेत्र, निजी क्षेत्रका सङ्घसंस्था तथा सङ्गठनसँग घनिभूत छलफल गरिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो । सन् २०२० को जनवरी १ तारिखका दिन भ्रमण वर्षको भव्य शुरुआत गरिने र त्यसमा राजनीतिक दल, पर्यटन व्यवसायी, कर्मचारीलगायतको सहभागिता रहने उहाँले उल्लेख गर्नुभयो ।

यस्तै जनवरी ७ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशस्थित सम्पूर्ण कूटनीतिक नियोग, राजदूतावास तथा कार्यालयमा पनि भव्यताका साथ महोत्सवको सुरुआत गरिने मन्त्री भट्टराईले बताउनुभयो । सरकारले नेपालको सांस्कृतिक तथा प्राकृतिक स्थल र नयाँ हिमाल आरोहणका लागि खुला गरिने उहाँले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ९० प्रतिशत काम सम्पन्न भएको र २०२० को मार्चसम्ममा हवाइसेवा शुरु गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले सन् २०२१ भित्र सम्पन्न गर्ने गरी पोखरा विमानस्थलको काम ५० प्रतिशत पूरा भएको तथा आगामी पाँच वर्षभित्र बाराको निजगढमा विमानस्थल निर्माण गर्ने गरी काम अगाडि बढाउने योजना रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com