आठ बर्षका बालक जसले गरे ३ हजार भन्दा धेरै होमलेस पूर्वसैनिकलाई सहयोग


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

केही अमेरिकी पूर्व सैनिकहरु होमलेस छन् भन्ने कुरा टेलर स्टालिङ्सले ४ बर्षको हुँदा नै थाहा पाए । पूर्वसैनिकहरु मेरिल्याण्ड निवासी यी बालकका विस्तारित परिवारका हिस्सा भएकाले उनले पूर्व सैनिकहरुलाई सधै हिरोकै रुपमा सोंचे ।

जब उनले पूर्व सैनिकहरु होमलेस भएको थाहा पाए, तब उनले ती पूर्वसैनिकका लागि तत्कालै सहयोग गर्न चाहे । उनले आफ्नी आमासँग ती होमलेस सैनिकका लागि घर बनाइदिन सकिन्छ कि भनेर सोधे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी आफै बालक भएकाले पूर्व सैनिकका लागि घर बनाइदिनसक्ने अवस्थामा भने उनी थिएनन् । त्यसैले उनले वास्तविक रुपमा नै सहयोग गर्न सकिनेगरी केही नयाँ चिजको सुरुवात गरे । उनले त्यसकालागि हिरो ब्याग बनाउन सुरुवात गरे ।

‘मैले आमालाई केही पूर्व सैनिकहरु किन घरबारविहिन छन् भनेर सोध्न थालेपछि हामीले उनीहरुको सहयोगका लागि विशेष गर्न सुरुवात भयो । मैले मेरी आमासँग कुराकानी गरेपछि उनीहरुका लागि म वास्तवमै घर निर्माण गर्न चाहन्थें । तर हामी मिलेर एउटा यथार्थपरक लक्ष्य बनायौं,’ उनले भने ।

यही लक्ष्य अनुरुप उनीहरुले सरसफाई र अन्य व्यक्तिगत गु्रमिंगका लागि चाहिने सामानहरु भरिएको एउटा झोला र धन्यवाद कार्ड होमलेस पूर्व सैनिकहरुलाई दिने योजना बनाए । जसलाई बालकले हिरो ब्यागको नाम दिएका छन् ।

हिरो ब्यागमा टोपी, पञ्जा, लिपगार्ड, स्वेटर, टुथब्रस, टुथपेष्ट, साबुन लगायतका सामाग्रीहरु हुनेछन् । यो जाडोमा होमलेस पूर्वसैनिकहरुलाई प्रदान गरिनेछ । उनीहरुले अहिलेसम्म कैयन पूर्वसैनिकहरुलाई सहयोग गरिसकेका छन् भने विगत पाँच बर्षमा ५० हजार अमेरिकी डलर संकलन गरिसकेका छन् ।

बालकले होमलेस पूर्व सैनिकहरुलाई सहयोग गर्ने संघसंस्थालाई ती हिरो ब्यागहरु उपलब्ध गराएका छन् । कतिपय ठाउँमा त उनी आफैले पनि सिधै होमलेस पूर्व सैनिकहरुलाई भेटेर दिने गरेका छन् । उनका तर्फबाट गोफण्डमीमा सुरु गरिएको अभियानमा अहिलेसम्म ३७ हजार अमेरिकी डलर संकलन भइसकेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com