नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य)मा ज्योति परिवारबाट सञ्चालित ग्रान्डी सिटी अस्पताल सक्रिय रहेको र सरकारबाट कारबाही चलाएपछि सो कार्य बन्द गर्न बाध्य भएदेखि नै यस घरानाको प्रतिष्ठामा धक्का लागेको हो।
२०७२ असोजको दोस्रो साता नाम चलेका निजी अस्पताल र सरकारका तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीसमेतको टोली नराम्ररी विवादमा मुछिएपछि कारबाही अघिबढाइएको थियो।
त्यतिबेला नेपाललाई ‘हेल्थ टुरिजम’को ‘हब’ बनाउने भन्दै नेपालमा निजीक्षेत्रबाट सञ्चालित नाम चलेका केही अस्पतालले कानुन विपरीत सरोगेसी सेवा सञ्चालन गरे। यस विषयमा चौतर्फीरूपमा व्यापक आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन नै गरेको थियो।
अनुगमनका क्रममा यस्तो गैरकानुनी धन्दा सञ्चालनमा जमलमा रहेको ग्रान्डी सिटी अस्पताल पाइएको प्रतिवेदन रिपोर्टमा उल्लेख गरिएको थियो। प्रतिवेदनमा उक्त अस्पतालमा १ सय ८० जना सेरोगेट मदर रहेको मन्त्रालयसमक्ष स्वीकारेको समेत उल्लेख गरिएको थियो।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
सोही बेला डेढ महिनाका जस्ता देखिने शिशु बोकेर स्वास्थ्य मन्त्रीलाई भेट्न मन्त्रालय पुगेका तीन अस्ट्रेलियाली नागरिकले ग्रान्डी इन्टरनेसनल हस्पिटलमा बच्चा जन्मेको बताई अन्य अस्पतालमा पनि सरोगेसी सेवा दिइरहेको खुलासा गरेका थिए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।