‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

सामुदायिक विद्यालयका १४ लाख छात्रालाई मंसिरमा सेनेटरी प्याड बाँड्ने कार्य पूरा नहुने भएको छ । अहिलेसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएकाले मंसिरभित्रै ‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै रहने निश्चित भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंसिर १ गतेदेखि सबै सामुदायिक विद्यालयका कक्षा ६–१२ का छात्रालाई उक्त प्याड वितरण गर्ने घोषणा गरेको थियो ।

यसअघि भने कात्तिक १ गतेदेखि वितरण गर्ने योजना सार्वजनिक गरिएको थियो । मन्त्रालय स्रोतका अनुसार हालसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएका कारण ढिलो भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com