२०१९ मा डिभी विजेता झण्डै २ हजार नेपाली भिसाका लागि अयोग्य
प्रकाशित मिति : आश्विन ३०, २०७६ बिहीबार
आर्थिक बर्ष २०१९ का लागि डिभी जितेकामध्ये झण्डै २ हजार नेपालीहरु भिसाका लागि अयोग्य भएका छन् । उनीहरु डिभी लोटरी पारेर पनि भिसाका लागि अयोग्य भएका हुन् । सेप्टेम्बरको अन्त्यमा समाप्त भएको उक्त आर्थिक बर्षमा डिभी लोटरीका झण्डै १६ सय प्राथमिक विजेताहरुलेमात्र भिसा प्राप्त गरेका छन् ।
आर्थिक बर्ष २०१९ को ११ महिनामा जम्मा १५४३ जना प्राथमिक डिभी विजेता नेपालीहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गरेका थिए । जबकी आर्थिक बर्ष २०१९ का लागि ३६३३ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए ।
२०१९ को अगस्त महिनामा ७२ जना नेपालीहरुले मात्र डाइभर्सिटी भिसा प्राप्त गरेका छन् भने जुलाई महिनामा २८४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।
जुन महिनामा डिभीमार्फत ३३१ जना नेपालीहरुले अमेरिकाको भिसा पाएका थिए । ३३१ जनामध्ये १९८ जना प्राथमिक डिभी विजेताहरु, ७० जना उनीहरुका दम्पत्ति र ६३ जना छोराछोरीहरु रहेका छन् ।
मे महिनामा डिभीमार्फत ३१९ जना नेपालीहरुले अमेरिकाको भिसा प्राप्त गरेका थिए । जसमध्ये १८३ जना प्राथमिक डिभी विजेताहरु थिए भने ७३ जना उनीहरुका दम्पत्ति र ६३ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।
अप्रिलमा ३४१, मार्चमा ३२३, फरबरीमा ४५७, जनवरीमा ७३ जना, डिसेम्बरमा १७४ जना, नोभेम्बरमा १९१ र अक्टोबरमा १५१ जना नेपालीहरुले डिभीमार्फत भिसा प्राप्त गरेका थिए । चालु आर्थिक बर्षको ९ महिनामा २३ सय ६० जना नेपालीहरुले डिभीमार्फत भिसा प्राप्त गरेका छन् ।
डिभी विजेता कैयन नेपालीहरुको भिसा पब्लिक चार्जको आधारमा समेत रिजेक्ट गरिएको छ । सन् २०१९ का लागि डिभी विजेताहरुले सन् २०१९ को सेप्टेम्बर अन्त्यसम्म भिसा प्राप्त गरिसक्नुपर्ने नियम अनुशार त्यतीेबेलासम्म भिसा नपाएकाहरुको डिभी स्वत खारेज भएको छ ।