बुधबारदेखि खुलेको डिभी लोटरीका लागि दुई महत्वपूर्ण योग्यता
प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार
आवश्यकता १ :
ती देशमा जन्मेका व्यक्ति जुन देशका नागरिक डिभीमा सहभागी हुन योग्य छन् । यदि तपाईँ योग्यताप्राप्त देशमा जन्मिनुभएको होइन भने, तपाईँले अन्य दुई तरिकामार्फत सहभागी हुन पाउनुहुन्छ ।
– के तपाईँको पति÷पत्नीको जन्म त्यस्तो देशमा भएको हो जहाँका नागरिक डिभीका लागि योग्य छन्? यदि योग्य ठहरिई अनि डिभी भिसा प्राप्त भएमा तपाईँले आफ्नो पति वा पत्नीको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुन्छ – तर दुबै तपाईँर तपाईँको पति÷पत्नी छनोटमा परी भिसा प्राप्त गरी एकैसाथ अमेरिका प्रवेश गर्नु पर्दछ ।
– के तपाईँको जन्म त्यस्तो देशमा भएको हो जहाँका नागरिक डिभीका लागि योग्य छैनन् तर तपाईँका दुबै आमाबुबाको जन्म आफू जन्मेको देशमा भएको होइन वा तपाईँको जन्म भएको बेला उक्त देशमा वैध रूपमा बसोबास गरिरहेका थिएनन्? यदि हो भने तपाईँले आफ्नो आमाबुबाको जन्मदेशको नागरिकताको हक दाबी गर्न सक्नुहुनेछ, यद्यपि सो देशका नागरिक डिभी–२०२१ कार्यक्रमका लागि योग्य हुनुपर्नेछ ।
आवश्यकता २ :
हरेक डिभी आवेदकले डिभी कार्यक्रमका लागि निम्न शैक्षिक वा कार्य अनुभवको आवश्यकता पूरा गरेको हुनुपर्दछ :
माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको ।
वा
तपाईँसँग विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव हुनुपर्दछ – त्यस्तो काम जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ । तपाईँको कामको अनुभव योग्य भए नभएको निर्धारण युएस डिपार्टमेन्ट अफ लेबर (अमेरिकी श्रम मन्त्रालय) को डेटाबेसद्वारा गरिनेछ ।
यदि तपाईँको दुबै आवश्यकता पूरा हुँदैन भने डिभीका लागि आवेदन नहाल्नुहोस् ।
श्रोत : अमेरिकी विदेशमन्त्रालय