प्रहरी साझेदारी अवधारणा अनुरुप सँगसँगै अगाडी बढौँ : प्रहरी महानिरीक्षक


प्रकाशित मिति : असार ३१, २०७६ मंगलबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने बताउनुभएको छ ।

समुदाय ,प्रहरी साझेदारी अन्तर्गत प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित नेपाल प्रहरी र नेपाल स्काउटवीच अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सांगठनिक परिचय, विद्यमान चुनौतीहरू, संस्थागत सुधारका प्रयासहरू, समुदाय(प्रहरी साझेदारी, संस्थागत साझेदारीका सम्भाव्यताहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्दै नेपाल प्रहरीले विगतमा गरेका विभिन्न समुदाय लक्षित कार्यक्रमहरु भन्दा अलि फरक रुपमा समुदाय(प्रहरी साझेदारीको अवधारणा अनुरुप १२ वटा प्राथमिकताका बुँदाहरु तय गरी कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

राज्यको अग्रपंक्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा लगायत रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले यसका साथै वन, राजश्व, वनयजन्तुको तस्करी रोक्ने एवं विपद् उद्दार देखि समाजमा आइपर्ने विभिन्न किसिमका अश्लिल गैरसामाजिक क्रियाकलाप नियन्त्रणमा समाजसँग मिलेर जानुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीमित साधन श्रोत तथा जनशक्तिको उपलब्धीमा प्रहरीले पूर्ण लगावकासाथ सम्पादन गरेका कार्यप्रति समाजको दृष्टिकोणमा पनि सही बुझाई हुनुपर्ने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘नेपाल प्रहरी हामी सबैको प्रहरी हो, यसले के गरिराखेको छ, आफ्नो दायित्व निर्वाह गरिरहेको छ कि छैन र गर्दाखेरि कस्तो किसिमले गरिरहेको छ । नेपाल प्रहरीलाई समुदायले कस्तो खालको सहयोग गर्दा अझ बढी समाज सुरक्षित हुन्छ, हामी सबैको दैनिक क्रियाकलाप राम्रोसँग चल्छ र राष्ट्र संवृद्धितर्फ अगाडि बढाउन सकिन्छ भन्ने विविध बिषय सो अवधारणामा समेटिएको छ ।’

प्रहरीले सोही अवधारणा अन्तर्गत नेपाल स्काउट समिति गठन गरी विभिन्न बिषयमा साझेदारी गरी अगाडि बढ्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले नेपाल प्रहरी र स्काउटको संयुक्त साझेदारीमा विगतको भन्दा अझ बढी क्रियाशील भएर कार्य सम्पादन गर्ने उद्देश्य रहेको बताउनुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नेपाल स्काउटका प्रमुख आयुक्त लोक बहादुर भण्डारी लगायतका पदाधिकारीलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले स्काउटका प्रतिनिधिहरुले राखेका जिज्ञासा निरुपण गर्दै नेपाल प्रहरीले पछिल्लो समयमा परिवर्तन गरी सकारात्मक बाटोमा जान खोजेको र यसैको सन्दर्भमा समुदाय(प्रहरी साझेदारी अवधारणा ल्याएको चर्चा गर्नुभयो । अन्तरक्रिया कार्यक्रम मार्फत प्रहरीलाई हेर्ने दृष्टिकोण के(कस्तो रहेछ भन्ने जानकारी हासिल हुने र सोही अनुरुप आगामी दिनमा प्रहरीले आफ्नो कार्यमा सुधार गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com