अमेरिकामा आपराधिक गिरोहविरुद्ध आइसको कडा कारबाही: पछिल्लो एक हप्तामा १०० भन्दा बढी पक्राउ


प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार

तस्वीर : आइस

अमेरीकी आइसका एजेन्टहरूले पछिल्लो एक साताभित्र अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका १०० भन्दा बढी शंकास्पद गिरोह सदस्यहरूलाई पक्राउ गरेका छन्। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार अक्टोबर ४ देखि १० को बीचमा विभिन्न आपराधिक गिरोहसँग आबद्ध १३१ जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा कुख्यात ‘एमएस-१’ गिरोहका २२ जना र ‘ट्रेन दे अरागुआ’का १३ जना सदस्य रहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा पुनः पदबहाली गरेयता आइसले गिरोहसँग सम्बन्धित १२,०१८ जनालाई पक्राउ गरिसकेको होमल्यान्ड सेक्युरिटीले जनाएको छ।

होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनले एक वक्तव्य जारी गर्दै भनेका छन्, “एक हप्ताभन्दा कम समयमा आइसका साहसी जवानहरूले एमएस-१३ र ट्रेन दे अरागुआका सदस्यहरूसहित देशभरीबाट १०० भन्दा बढी गिरोहका सदस्यहरूलाई पक्राउ गरेका छन्। निर्दोष अमेरिकीहरूलाई अपराधीहरूको धम्की र क्षतिबाट जोगाउन हाम्रा सुरक्षाकर्मीहरू अग्रपंक्तिमा खटिएका छन्।”

लस भेगासमा पक्राउ परेका रामिरिज एमएस-१३का सदस्य हुन्। उनी एल साल्भाडोरमा गम्भीर हत्या, महिला हत्या, नाबालिग बलात्कार, र गैरकानुनी हतियार ओसारपसार जस्ता जघन्य अपराधमा वान्टेड सूचीमा थिए। उनी यसअघि सन् २०२१ मा पक्राउ परी मेक्सिको डिपोर्ट भएका थिए, तर पुनः गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए।

फ्लोरिडाको तालाहासीमा पक्राउ परेका पेरेज-आरियास ‘ट्रेन दे अरागुआ’ का मुख्य सुटर मानिन्छन्। उनी अक्टोबर २०२३ मा सीमा पार गरी गैरकानुनी रूपमा अमेरिका छिरेका थिए।

डीसीमा पक्राउ परेका हर्नान्देज एमएस-१३ का सदस्य हुन्। उनी सन् २०१२ मा अमेरिका छिरेका थिए र उनीमाथि हत्याको प्रयास, सशस्त्र डकैती, र अपहरण जस्ता गम्भीर मुद्दाहरू दर्ता छन्।

डेन्भरमा पक्राउ परेका १४ वर्षीय किशोर टिडीएको उप-शाखा ‘लोस पिरातास’ गिरोहसँग आबद्ध रहेको पाइएको छ। पक्राउ पर्दा उनको साथबाट पेस्तोल बरामद गरिएको थियो। उनीमाथि प्रथम श्रेणीको हत्या प्रयास, अपहरण र असुलीको आरोप लगाइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com