ट्रम्प-सि वार्ताअघि सकारात्मक सङ्केत: अमेरिका र चीनबीच व्यापार विराम थप्ने सहमति


प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार

FILE – President Donald Trump shakes hands with China’s President Xi Jinping during a meeting on the sidelines of the G-20 summit in Osaka, Japan, June 29, 2019. (AP Photo/Susan Walsh, File)

अमेरिका र चीनले नोभेम्बर १० मा सकिन लागेको व्यापार विरामलाई थप दुई महिना लम्ब्याउने सहमति गरेका छन्। यस निर्णयले दुवै देशलाई अझ ठूलो व्यापार सम्झौताका लागि काम गर्ने थप समय उपलब्ध गराउने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबार जानकारी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच बिहीबार हुन गइरहेको शिखर वार्ताको पूर्वतयारीस्वरूप, बेसेन्टले चार दिनभित्र दोस्रो पटक चिनियाँ उपराष्ट्रपति हे लिफेङसँग भेटवार्ता गरेका थिए।सानातिना विषयमा सीमित हुनुको सट्टा अझ ठूलो सम्झौता गर्न सकिन्छ कि भनेर हेर्न हामीले आज भेटवार्ता गरेका हौँ।”

मे महिनामा दक्षिण कोरियाको बुसानमा भएको व्यापार विरामको सहमतिलाई दुई महिना थप्नाले आर्थिक क्षेत्रमा थप प्रयास गर्न दुवै पक्षलाई सहज हुने उनले बताए। यसअघि आइतबार भएको १२ घण्टा लामो वार्तातर्फ सङ्केत गर्दै बेसेन्टले बेइजिङले फराकिलो व्यापार सम्झौताको सम्भावना उठाएको तर त्यसको दायराका विषयमा स्पष्ट विवरण नदिएको जानकारी दिए। बुधबारको भेटवार्ता भने करिब ९० मिनेट चलेको थियो।

जनवरी १० सम्ममा नयाँ सम्झौता भइसक्छ त भन्ने प्रश्नमा बेसेन्टले त्यो अझै स्पष्ट भइनसकेको बताए। साथै, आगामी महिनाहरूमा चीनलाई साविकको सम्झौताअनुसारका प्रतिबद्धताहरू अझ पूर्ण रूपमा पालना गर्न अमेरिकाले दबाब दिइरहेको उनले थपे। बेइजिङले २५ मिलियन टन भटमास खरिद गर्ने सर्त पूरा गरिरहेको भए पनि अन्य कृषि उत्पादनमा १७ अर्ब डलर खरिद गर्ने प्रतिबद्धतामा भने पछाडि परेको उनले बताए। गत साता अमेरिकी अधिकारीहरूले चीनबाट दुर्लभ खनिजको आपूर्ति पनि सुस्त रहेको बताएका थिए।

यस वर्ष ट्रम्प र सिबीच हुनसक्ने सम्भावित चार भेटवार्तामध्ये बिहीबारको भेट दोस्रो हो। यस शिखर वार्तामा गैर-नाजुक वस्तुहरूमा लगाइएको ३० अर्ब डलर बराबरको महसुल घटाउने, वित्तीय सेवा तथा कृषि उपज खरिदका विषयमा केही घोषणा हुनसक्ने बेसेन्टको भनाइ छ।

सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्ट गर्दै बेसेन्टले छलफल सारगर्भित रहेको र अमेरिकी कामदार, किसान तथा व्यवसायीहरूको हित रक्षा गर्दै देशको आर्थिक र राष्ट्रिय सुरक्षा चासोलाई अघि बढाउन अर्थ मन्त्रालय प्रतिबद्ध रहेको बताए।

यसअघि आइतबार न्यूयोर्कमा बेसेन्ट, हे लिफेङ र अमेरिकी व्यापार प्रतिनिधि जामेसन ग्रियरबीच भेटवार्ता भएको थियो। उक्त वार्तामा दुई देशका नेताहरूका लागि व्यापार र कृत्रिम बौद्धिकता सम्बन्धी सम्भावित सम्झौताहरूको वातावरण तयार पार्ने प्रयास गरिएको थियो। बेसेन्टले उक्त वार्ता सफल भएको र एआई सुरक्षा घटनाबारे एकअर्कालाई जानकारी गराउन “हटलाइन” सुरु गर्न दुवै पक्ष सहमत भएको बताए।

यद्यपि, एआई हटलाइन योजनाबारे चीनको प्रतिक्रिया स्पष्ट भइसकेको छैन। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले दुवै पक्षबीच एआईबारे छलफल भएको मात्र उल्लेख गरेको छ। परस्पर विश्वासको कमी र दुवै देशले प्रविधि विकासको गति धीमा गर्न नचाहेकाले एआई सहकार्यमा धेरै अपेक्षा नगरिएको विश्लेषण गरिएको छ। ट्रम्पले पनि एआईको विकासलाई नरोक्ने र चीनमाथि अमेरिकाको अग्रता कायम राख्ने बताउँदै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com