अमेरिकाको ‘यु’ भिसाका लागि नक्कली लुटपाटको नाटक गर्ने पटेल फन्दामा


प्रकाशित मिति : जेष्ठ १६, २०८२ शुक्रबार

नक्कली हतियार देखाएर लुटपाटको नाटक गरी यू भिसाका लागि ठगी गर्ने योजनामा संलग्न एक भारतीय नागरिकले आफ्नो अपराध स्वीकार गरेका छन्। न्यूयोर्कमा बसोबास गर्ने ३७ वर्षीय रामभाई पटेलले भिसा ठगीसम्बन्धी ठूलो षड्यन्त्रमा संलग्न भएको स्वीकार गरेका हुन्। यो प्रकरणको अनुसन्धानमा अमेरिकी नागरिकता तथा आप्रवासन सेवा युएससिआइएसले महत्वपूर्ण भूमिका खेलेको अमेरिकी सरकारी वकिलको कार्यालयले जनाएको छ।

अभियोग अनुसार, सन् २०२३ को मार्च महिनादेखि पटेल उनका सहयोगी बलविन्दर सिंहले विभिन्न राज्यका कम्तीमा नौवटा किराना पसल, मदिरा स्टोर, फास्ट फुड रेस्टुरेन्टहरूमा नक्कली सशस्त्र लुटपाटको नाटक गरेका थिए। यस्ता घटनामध्ये पाँचवटा मासाचुसेट्स राज्यमा मात्र भएको जनाइएको छ।

पसलका कर्मचारीलाई अपराधको ‘पीडित’ बनाउने र त्यसको आधारमा यू भिसाको लागि आवेदन दिन सहयोग पुर्‍याउने लक्ष्यका साथ यस्तो गर्ने गर्ने गरेको बताइएको छ । यू भिसा विशेष गरी यस्ता पीडितहरूलाई दिइन्छ जसले शारीरिक वा मानसिक हिंसा भोगेका छन् त्यस अपराधको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्छन्। लुटेराले बन्दुकजस्तो देखिने वस्तु देखाएर पसलका कर्मचारी वा मालिकलाई धम्काउँथ्यो, पैसा लिने नाटक गर्दै भाग्थ्यो। यी सबै दृश्य निगरानी क्यामेरामा कैद हुन्थे। लुटेरा भागेपछि कर्मचारीहरूले केही समय प्रतीक्षा गरेर मात्र प्रहरीलाई खबर गर्दथे।यो योजनामा सहभागी हुन इच्छुक व्यक्तिहरू पटेललाई रकम बुझाउँथे। एक जनाले मात्र यस्तो नक्कली घटनामापीडितबन्न २० हजार डलर तिरेका थिए। यसको बद्लामा, पटेलले घटनास्थलका मालिकहरूलाई पनि रकम प्रदान गर्दथे।कम्तीमा दुईजना व्यक्तिले यस्तो नक्कली लुटपाटमा पीडित भएको देखाउँदै यू भिसाको लागि आवेदन दिएको पुष्टि भएको बताइएको छ।

रामभाई पटेललाई अमेरिकी जिल्ला अदालतका न्यायाधीश म्योङ जे. जोनले सन् २०२५ अगस्ट २० मा सजाय सुनाउने निर्णय गरेका छन्। उता बलविन्दर सिंहले पनि मे २२ मा दोष स्वीकार गरिसकेका छन्। उनलाई सेप्टेम्बर ११ मा सजाय तोकिनेछ। भिसा ठगीको षड्यन्त्रमा दोषी ठहर भएमा पाँच वर्षसम्मको कैद, तीन वर्षको निगरानीमा रिहाई, लाख ५० हजार डलरसम्मको जरिवाना हुन सक्छ। साथै, सजाय पूरा गरेपछि अभियुक्तलाई देश निकाला समेत गर्न सकिने व्यवस्था छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस घटनाको अनुसन्धानमा एफबीआई, अमेरिकी नागरिकता तथा आप्रवासन सेवा, मासाचुसेट्स राज्य प्रहरी, विभिन्न राज्य सहरका प्रहरी निकायहरूको संयुक्त प्रयास रहेको थियो। मुद्दाको अभियोजन अमेरिकी सरकारी वकिल एलियाना जे. नुजुम जेसिका एल. सोटोले गरिरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com