न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन श्री पराजुलीबाट १ लाख १ हजार डलर


प्रकाशित मिति : १४ भदौ २०७४, बुधबार

न्युयोर्कमा दुर्गा मन्दिर तथा सांस्कृतिक केन्द्र बनाउन सत्यनारायण मन्दिरमा गरिएको महापुराणको अन्तिम दिन आयोजक रिजउड नेपाली समाजका पूर्व अध्यक्ष श्री पराजुलीले १ लाख १ हजार १ सय ११ डलर दानको घोषणा गरेका छन् ।

सन् २०१० को महापुराणमा २२ हजार डलर दान दिएका पराजुलीमा त्यसमा ७९ हजार डलर थपेर १ लाख १ हजार १ सय ११ डलर दानको घोषणा गरेका हुन् ।

पराजुली सांस्कृतिक केन्द्र निर्माणका लागि व्यक्तिगत रुपमा सबैभन्दा धेरै रकम सहयोग घोषणा गर्ने दाता बनेका छन् । महापुराणको अन्तिम दिन नै नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट संस्थागत रुपमा १ लाख २५ हजार ५ सय ५५ डलर ५५ सेन्टस सहयोगको प्रतिबद्धता जनाइएको छ भने प्रवासी नेपाली मञ्च अमेरिकाले १ लाख ११ हजार १ सय ११ डलर ११ सेन्टस प्रदान गर्ने घोषणा गरिसकेको छ ।

यसअघि सन् २०१० मा न्युयोर्कमा आयोजित महापुराणमा उपस्थीतहरुले झण्डै ६ लाख डलर डोनेशनको घोषणा गरेका थिए । जसमध्ये संकलित झण्डै ४ लाख डलरबाट मन्दिर र सांस्कृतिक केन्द्र बनाउन जग्गा खरिद गरिएको छ । सन् २०११ मा ५ हजार बर्गफुटको जग्गा खरिद गरिएको हो । त्यही जग्गामा सांस्कृतिक केन्द्र र मन्दिर बनाउन यसपटक सत्यनारायण मन्दिरमा महापुराण गरिएको हो । अबको दुईबर्षभित्र निर्माण कार्य पूरा गरिने रिजउड नेपाली समाजका अध्यक्ष रविकिरण कोइरालाले जानकारी दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com