७१ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा मे मा करेन्ट, १२ सयभन्दा धेरैले पाइसके भिसा


प्रकाशित मिति : फाल्गुन २८, २०८० सोमबार

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर एकैपटक ११ सय थप गरिएको छ । जस अनुशार अब मेमा ७ हजार १ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउन सक्नेछन् । अप्रिलका लागि मार्चको तुलनामा एकहजार थपेर केस नम्बर ६ हजार बनाइएको छ भने मार्चका लागि ५ हजारसम्म केस नम्बर रहेको छ ।  जनवरीमा ३ हजारसम्म केस नम्बर हुनेहरुका लागि भिसा सिमित गरिएको थियो  भने यो नम्बर फेब्रुअरीका लागि ४५ सय रहेको थियो ।

आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ, जुन चालु आर्थिक बर्षको तुलनामा धेरै हो । आर्थिक बर्ष २०२३ का लागि ३८०८ जनाले डिभी लोटरी पारेका थिए । २०२४ मा पनि नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो भएको छ । एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका छन् ।

नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । गतबर्षको अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए । डिभी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्ति सहभागी भएका थिए । डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए भने २०२४ का लागि दोब्बरभन्दा धेरै सहभागी भए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको काठमाडौंमा रहेको अमेरिकी दूतावासले नोभेम्बरदेखि भने उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गर्दै आएको छ । जनवरीमा पनि ३११ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन् जसमध्ये अमेरिकी दूतावास काठमाडौंलेमात्र ३१० जनालाई डाईभर्सिटी भिसा जारी गरेको थियो । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांक अनुशार डिसेम्बरको एकै महिनामा ४१४ नेपालीले डाइभर्सिटी भिसा पाएका थिए, जसमध्ये अमेरिकी दूतावास काठमाडौंबाट मात्र ४११ जनालाई डाइभर्सिटी भिसा जारी गरिएको थियो ।

नोभेम्बरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले २५६ जनालाई डाइभर्सिटी भिसा दिएको थियो । नोभेम्बरमा अमेरिकी दूतावास काठमाडौं र अन्य दूतावासबाट डाइभर्सिटी भिसा पाउने कुल नेपालीहरुको संख्या भने २६१ रहेको थियो । अक्टोबरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरेपनि काठमाडौंबाहेक अन्य क्षेत्रबाट भने ३ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गर्न सफल भएका थिए । फेब्रुअरी र मार्चको अहिलेसम्मको समेत अनुमानित तथ्यांक जोड्दा आर्थिक बर्ष २०२४ मा डाइभर्सिटी भिसा पाइसकेका नेपालीहरुको संख्या १२ सय नाघेको छ ।

सामान्यतया डिभी २०२४ का विजेताहरु अक्टोबर १ बाट भिसा पाउन योग्य हुने भएतापनि अमेरिकी दूतावास काठमाडौंले भने पहिलो महिना कसैलाई पनि भिसा दिएको थिएन । गतबर्ष पनि अमेरिकी दूतावास काठमाडौंले पहिलो महिना कसैलाई पनि डाइभर्सिटी भिसा प्रदान गरेको थिएन । सामान्यता जनवरीबाट अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताहरुलाई उल्लेख्य संख्यामा भिसा प्रदान गर्दै आएकोमा यसपटक नोभेम्बरदेखि नै उल्लेख्य भिसा जारी गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com