२०२५ का डिभी विजेताले डीएस २६० फर्म भर्दा ध्यान दिनुपर्ने २ महत्वपूर्ण कुरा


प्रकाशित मिति : बैशाख २३, २०८१ आईतबार

डिभी २०२५ का विजेताहरुले यथाशीघ्र डीएस २६० फर्म भर्न आवश्यक छ । यो फर्म आवेदक आँफैले अनलाइनमा निशुल्क सकिन्छ भने यसको लागि कुनै भिसा कन्सल्टेन्सीको सहयोग जरूरत पर्दैन ।

यदि तपाईंले डिभी २०२५ को लोटरीमा चयन भएको थाहा पाउनुभएको खण्डमा त्यसमा उल्लेख निर्देशनहरू पालना गर्न र सकेसम्म चाँडो अनलाइन डीएस २६० आवेदन पूरा गर्न सुझाव दिइएको छ । डिभी परेपछि भिसाको लागि आवेदन दिन अनुमति दिने तर भिसा वा अन्तर्वार्ताको ग्यारेन्टी नगर्ने भएकाले डीएस २६० भर्न जति लामो पर्खियो भिसा प्राप्त गर्ने सम्भावना त्यति नै कम हुनसक्छ ।

डिभी  विजेताहरुलाई केन्टकी सर्भिस सेन्टरमा डीएस २६० फर्ममात्र बुझाउन सुझाव दिइएको छ । आफू र परिवारका सदस्यहरुका लागि डीएस २६० फर्म बुझाउन र थप कागजातहरु भिसा अन्तरवार्ताका बेलामा दूतावासमा लैजान सुझाव दिइएको छ ।

डीएस २६० प्राप्त भएपछि केन्टकी सर्भिस सेन्टरले यसको पूर्णताको लागि समीक्षा गरेर त्यो केस भिसा अन्तर्वार्ताको लागि निर्धारित गर्न योग्य भए नभएको ठहर गर्नेछ । आवेदकको भिसा केस नम्बर भिसा बुलेटिनमा करेन्ट भए नभएको आधारमा प्रकृया अगाडि बढाइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थप कागजातहरु दूतावास वा कन्सुलेटमा अन्तरवार्ताका समयमा संकलन गरिने छ । अमेरिकी कानूनले भिसाको योग्यता पूरा गर्नका लागि आवेदकले सबै आवश्यक कागजातहरु बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

आवश्यक कागजात नबुझाएको खण्डमा दूतावास वा कन्सुलेटले भिसा अस्वीकृत गर्ने जनाइएको छ । कागजातको अभावका कारण भिसा अस्वीकृत भएको अवस्थामा पछि कागजातहरु पेश गरेर भिसा प्राप्त गर्नभने सकिने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । आवश्यक सबै कागजातका साथ अन्तरवार्ताकै समयमा भिसाका लागि योग्यता प्रमाणित गर्न सुझाव दिइएको छ ।

केन्टकी सर्भिस सेन्टरमा कागजात प्रमाणिकरण गर्दा लामो समय लाग्ने भएपछि डिभी विजेताहरुले समयमा भिसा पाउन नसकेको अवस्थामा सबै उपलब्ध डिभी अप्वाइन्टमेन्टहरुको प्रयोग गर्नका लागि २०२२ देखि नयाँ नियम ल्याइएको थियो ।

डीएस २६० फर्म भर्नुभन्दा अगाडि उक्त फर्मको नमुना र भर्नुपर्ने विवरणहरु समेत हेर्न सकिनेछ । डीएस २६० फर्म भर्दा तपाईले अमेरिकामा कुन ठेगानामा ग्रिनकार्ड प्राप्त गर्ने हो उक्त ठेगाना समेत उल्लेख गर्नुपर्छ । तपाईले यो ठेगाना उपलब्ध गराउँदा ठेगाना पूर्ण भए नभएको चेक गर्नुपर्छ । यो ठेगानामा अपार्टमेन्ट नम्बर वा फ्लोर नम्बर भए नभएको राम्रोसँग चेक गर्न आवश्यक छ । ठेगाना पूर्ण नभएका कारण वा अपार्टमेन्ट नम्बर छुटेका कारण अमेरिका आइसकेपछि ग्रिनकार्ड फिर्ता भएर जाने तथा हराउने समस्या देखिएको छ । त्यसपछि ग्रिनकार्ड पुन प्राप्त गर्न लामो समय लाग्ने र झमेला हुने समेत गरेको छ ।

साथै तपाईले आफूलाई सोसल सेक्युरिटी कार्ड आवश्यक भएको र त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान गर्नुपर्छ ।

यदि तपाईले सोसल सेक्युरिटी कार्ड आवश्यक छ ? भन्ने प्रश्नमा छैनमा टिक लगाउनुभयो र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान गर्नुहुन्छ ? भन्नेमा गर्दिन भन्नेमा टिक लगाउनुभयो भने तपाईले सोसल सेक्युरिटी कार्ड स्वत प्राप्त गर्नुहुनेछैन । अमेरिका आइसकेपछि तपाईले सोसल सेक्युरिटी अफिसमा गएर पुन आवेदन दिनुपर्ने हुन्छ ।

अमेरिकामा बैंक खाता खोल्नदेखि राज्यका आईडी कार्ड जारी गर्न लगायत ट्याक्स तिर्न र अन्य महत्वपूर्ण कामहरुका लागि सोसल सेक्युरिटी नम्बरको आवश्यकता पर्छ । कैयन आवेदकले डीएस २६० फर्म भर्दा सोसल सेक्युरिटी नम्बर आवश्यक नभएको उल्लेख गर्दा वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान नगर्दा अमेरिका आइसकेपछि झमेला भोग्ने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com