मैले डिभी लोटरी भर्दा पछि विद्यार्थी वा भिजिटर भिसाका लागि अयोग्य हुने त होइन ?


प्रकाशित मिति : कार्तिक ५, २०७९ शनिबार

डिभी लोटरी भर्दैमा अर्को प्रकारको भिसाका लागि अयोग्य नभइने अमेरिकी दूतावास काठमाडौले जनाएको छ । भिसा च्याटका क्रममा दूतावासका कन्सुलर अधिकारीले अहिले डिभीका लागि आवेदन दिएका व्यक्तिले पछि विद्यार्थी वा अन्य भिसाका लागि आवेदन दिन सक्ने जानकारी दिएका छन् ।

कन्सुलर अधिकारीले भनेका छन् डिभीका लागि आवेदन दिदैमा कसैलाई पनि पछि विद्यार्थी लगायत अर्को प्रकारको आप्रवासी वा गैर आप्रवासी भिसा आवेदनका लागि रोक लाग्दैन ।

त्यस्तै अर्कै वर्गको आप्रवासी भिसाका लागि आवेदन गरिसकेको व्यक्तिले पनि डिभी कार्यक्रमका लागि पनि आवेदन दिनसक्ने अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी निर्देशिकामा उल्लेख गरिएको छ । त्यसैले पारिवारिक वा अन्य श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिएका व्यक्तिले समेत डिभीका लागि आवेदन दिनसक्छन् ।

अमेरिकी दूतावास काठमाडौं

गत जनवरीमा अमेरिकाको विद्यार्थी भिसा सहज बनाउन बाइडेन प्रशासनले कन्सुलर अधिकारीहरुलाई आन्तरिक निर्देशिका जारी गरेको थियो । जस अनुशार विद्यार्थी भिसा आवेदकले अमेरिकामा आप्रवासीका रुपमा बसाइसराइ गर्ने आशय नभएको पुष्टी गर्नु पर्दैन । बरु भिसा आवेदक अमेरिका गैर आप्रवासीका रुपमा रहने कुरामात्र पुष्टी गरे पुग्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थी भिसाका आवेदकसँग भिजिटर भिसाका आवेदकको जस्तो स्वदेशमा सम्पत्ति, रोजगारी र जीवनको निरन्तरताको सम्बन्ध नहुनसकने भएकाले तथा प्राय विद्यार्थीहरु अविवाहित, वेरोजगार तथा सम्पत्ति नभएका हुने भएकाले यस्तो अवस्थामा अमेरिकामा लामो समय अध्ययन गरिसकेपछि भविश्यमा के हुन्छ भन्ने आधारमा नभई विद्यार्थी भिसा आवेदकको आशय वर्तमान अवस्थामा के छ भन्ने आधारमा भिसाबारे निर्णय गर्न कन्सुलर अधिकारीहरुलाई निर्देशन दिइएको छ ।

तर भिजिटरका भिसाका सन्दर्भमा भने आवेदकको जस्तो स्वदेशमा सम्पत्ति, रोजगारी र जीवनको निरन्तरताको सम्बन्ध देखाउनुपर्ने र अमेरिका भ्रमण गरेपछि स्वदेश फर्कर्नुपर्ने कुरामा आश्वस्त पार्नुपर्ने प्रावधान रहेको छ । डिभी लोटरी भर्नुको अर्थ तपाई अमेरिकामा स्थायी रुपमा बसोबास गर्न जान चाहनुहुन्छ भन्ने हो । अमेरिकाको भिजिटर भिसाका लागि योग्य हुनका लागि तपाईले आफ्नो भ्रमण समाप्त भएपछि अमेरिका छाडेर फर्कने ग्यारेन्टी देखाउन सक्नुपर्छ ।

त्यसैले जब तपाईले अमेरिकाको भिजितर भिसाका लागि आवेदन दिनुहुन्छ, त्यतीबेला तपाईले अमेरिकामा स्थायी रुपमा बसोबास गर्ने योजना कायम नरहेको कुरा व्याख्या गर्न सक्नुपर्छ । यद्यपी डिभी भरेका ठूलो संख्यामा आवेदकहरु अमेरिकाको भिजिटर भिसाका लागि समेत योग्य हुँदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com