कस्तो अवस्थामा पेन्डिङ एसाइलम हुने र टीपीएसवाहकले डिभी भर्न सक्छन् ?


प्रकाशित मिति : आश्विन २६, २०७९ बुधबार

अमेरिकामा एसाइलम फाइल गरेका र टीपीएसमा रहेका निश्चित मापदण्डसहितका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्छन् भने उनीहरु डिभी लोटरी परेमा स्टेटस एड्जस्ट गरेर ग्रिनकार्डका लागि योग्य हुनेछन् ।

यदि कुनै व्यक्ति अमेरिकामा आएर भिसा नसकिदै युएससीआईएसमा एसाइलम फाइल गरेको छ र उसको एसाइलम युएससीआईएसमा नै पेन्डिङ अवस्थामा छ भने त्यस्तो व्यक्तिले डिभी लोटरी भरेर परेमा ग्रिनकार्ड पाउनसक्नेछ । साथै कुनै व्यक्तिले आफ्नो भिसा नसकिदै टीपीएस फाइल गरेर टीपीएस प्राप्त गरेको छ भने पनि त्यस्तो व्यक्तिले डिभी लोटरी भरेर परेमा ग्रिनकार्ड पाउनसक्नेछ ।

अदालतमा एसाइलमका मुद्दा पेन्डिङ अवस्थामा रहेकाहरु डिभी लोटरीका लागि योग्य हुदैनन् । तर युएससीआईएसमा एसाइलम आवेदन दिएका तर अन्तरवार्ता आइनसकेका, भिसा नसकिदै टीपीएसका लागि आवेदन दिएर टीपीएस पाएका र अहिलेपनि भिसा अद्यावधिक रहेका तर ग्रिनकार्ड नभएका नेपालीहरुलाई डिभी भर्न सुझाव दिइएको छ ।

अमेरिकामा विद्यार्थी भिसामा रहेकाहरुले डिभी लोटरीबाट फाइदा लिनसक्छन् । डिभी लोटरी परेमा उनीहरु स्टाटस एड्जस्ट गर्ने बेलासम्म पनि विद्यार्थी भिसामै रहेको अवस्थामा ग्रिनकार्ड प्राप्त गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि डिभी लोटरी पर्ने नेपाली अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पतिरपत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com