डिभी २०२२ को भिसा जारी अवधि समाप्त, एकै महिनामा १६०३ नेपालीलाई डाइभर्सिटी भिसा


प्रकाशित मिति : आश्विन १६, २०७९ आईतबार

डिभी २०२२ का भिसा जारी गर्ने अवधि समाप्त भएको छ । डिभी २०२२ का विजेताहरुले सेप्टेम्बर ३० सम्ममात्र भिसा प्राप्त गर्ने प्रावधान रहेकाले भिसा जारी गर्ने अवधि समाप्त भएको हो ।

भिसा जारी हुने अवधि समाप्त हुनु अगाडि अमेरिकी दूतावास काठमाडौंले अत्याधिक नेपालीहरुलाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुलाईसम्म कुल १६१६ जना नेपालीहरुलेमात्र डाएभर्सिटी भिसा प्राप्त गरेकोमा अगस्तमा एकै महिनामा १६०३ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् ।

काठमाडौंको अमेरिकी दूतावासलेमात्र १५ सय ५२ जनालाई अगस्तमा डाइभर्सिटी भिसा जारी गरेको छ भने बाँकी अन्य देशका दूतावासबाट डाइभर्सिटी भिसा पाउने र अमेरिकामा नै स्टाटस एड्जस्ट गर्नेहरु हुन् ।

अगस्तसम्म प्राथमिक डिभी विजेता र उनीहरुका परिवारसहित ३२१९ जना नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् भने सेप्टेम्बरमा डाइभर्सिटी भिसा पाएका नेपालीहरुको संख्या सार्वजनिक भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । जुन एसियामा नै दोश्रो हो ।

डिभी कार्यक्रम अन्तरगत बार्षिक ५५ हजारसम्म भिसा जारी गर्न सकिने कोटा तय भएको छ । जस अनुशार एउटा देशले कुल संख्याको ७ प्रतिशतसम्म अर्थात् ३८ सय सम्म डाइभर्सिटी भिसा प्राप्त गर्न सक्छन् । यो संख्या प्राथमिक डिभी विजेता र उनीहरुको परिवार समेत जोड्दा हो ।

जुलाईमा २३४ जना नेपाली डिभी विजेताहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए, जसमध्ये अमेरिकी दूतावास काठमाडौंबाट डाइभर्सिटी भिसा पाउनेहरु २२९ जना रहेको तथ्यांक अमेरिकी सरकार विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ ।

जुन महिनामा ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये काठमाडौंको अमेरिकी दूतावासलेमात्र ३५१ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । अन्य व्यक्ति अमेरिकामा नै स्टाटस एड्जस्ट गर्नेहरु र अन्य देशमा भिसा पाउने नेपालीहरु हुन् ।

मे महिनामा जम्मा ५९ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा प्राप्त गरेकोमा अमेरिकी दूतावास काठमाडौंले जम्मा ५४ जनालाईमात्र डाइभर्सिटी भिसा दिएको थियो ।

त्यस अगाडि अप्रिलमा भने नेपालीहरुले उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा पाएका थिए । कुल ६६२ जनाले अप्रिलमा डाइभर्सिटी भिसा पाएकोमा काठमाडौंबाट पाउनेहरु ६४६ जना रहेका थिए । मार्चमा कुल ३०४ जना नेपालीले डाइभर्सिटी भिसा पाएकोमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो ।

डिभी २०२२ का विजेताहरुले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि झण्डै साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले मार्चको तेश्रोसातादेखि भिसा दिन सुरु गरेको थियो । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन ।

मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तरवार्ता लिन सुरु गरेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com