डिभी २०२२ का थप अन्तरवार्ता तय गर्ने योजनामा छैन अमेरिकी दूतावास काठमाडौं


प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले अहिलेसम्म भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट नपाएका डिभी २०२२ का विजेताहरुलाई भिसा अप्वाइन्टमेन्ट दिने योजनामा नरहेको जनाइएको छ । सामान्यतया आप्रवासी भिसा अन्तरवार्ता एकदेखि २ महिना अगाडि नै तय गरिने तथा सेप्टेम्बरका लागि सबै भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट तय भइसकेको दूतावासले जनाएको छ ।

कानून व्यवसायी कुर्तिस लि मोरिसनले दूतावासमा इमेलमार्फत गरेको सोधपुछमा दूतावासले त्यस्तो जवाफ दिएको हो । यदि कसैले अन्तरवार्ताको अप्वाइन्टमेन्ट रद्द गरेको खण्डमा भने नयाँ व्यक्तिलाई अन्तरवार्ता अप्वाइन्टमेन्ट दिनका लागि प्रयास गर्ने दूतावासले स्पष्ट पारेको छ । डिभी २०२२ का डिभी विजेताहरुले सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

अमेरिकी दूतावास काठमाडौंलेमात्र नभई अन्य अमेरिकी दूतावासहरुले पनि सेप्टेम्बरका लागि आप्रवासी भिसाका अन्तरवार्ताहरु तय गरिसकेको बताएका छन् । सेप्टेम्बरका लागि कति डिभी विजेता नेपालीहरुको अन्तरवार्ता तय गरिएको छ भन्नेबारे भने विवरण सार्वजनिक गरिएको छैन । अक्टोबर १ देखि भने डिभी २०२३ का विजेताहरुले भिसा पाउन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुन महिनामा डाइभर्सिटी भिसा प्राप्त गर्नेमा नेपालीहरु विश्वमै दोश्रो

जुन महिनामा ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । एकमहिनाको अवधिमा यति धेरै डाइभर्सिटी भिसा प्राप्त गर्नेमा नेपालीहरु विश्वमै दोश्रो रहेका छन् ।

जुन महिनामा अर्मेनियाका ४७१ जनाले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । यो जुन महिनामा कुनै पनि देशका नागरिकले पाएको डाइभर्सिटी भिसामा विश्वमा नै सबैभन्दा धेरै हो । त्यपछि भिसा पाउनेहरु नेपालीहरु छन् ।

जुन महिनाका काठमाडौंको अमेरिकी दूतावासलेमात्र ३५१ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । अन्य व्यक्ति अमेरिकामा नै स्टाटस एड्जस्ट गर्नेहरु र अन्य देशमा भिसा पाउने नेपालीहरु हुन् ।

मे महिनामा भने अमेरिकी दूतावास काठमाडौंले जम्मा ५४ जनालाईमात्र डाइभर्सिटी भिसा दिएको थियो । मे महिनामा विश्वभरबाट जम्मा ५९ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए ।

त्यस अगाडि अप्रिलमा ६४६ जनालाई अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा दिएको थियो । मार्च र अप्रिलमा अमेरिकी दूतावास काठमाडौंले उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको थियो । मार्चमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो ।

डिभी २०२२ का विजेताहरुले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि झण्डै साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले मार्चको तेश्रोसातादेखि भिसा दिन सुरु गरेको हो । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन ।

मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तरवार्ता लिन सुरु गरेको अमेरिकी दूतावासले जनाएको थियो । मार्चमा अन्य देशबाट भिसा पाउने र अमेरिकामा नै स्थीति समायोजन गर्नेहरुको समेत संख्या जोड्दा कुल भिसा प्राप्त गर्ने डिभी विजेता नेपालीहरुको संख्या भने ३ सय ४ रहेको थियो । अप्रिलमा यो संख्या ६ सय ६२ रहेको थियो । यसरी चालु आर्थिक बर्षमा जुनसम्मको गणना गर्दा १३८२ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

अमेरिकाले हरेकवर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिको सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल संख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । जुन संख्या झण्डै ३८ सय हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com