एक्सक्लुसिभ: २०२१ का १३९३ डिभी विजेता नेपालीले पाए भिसा, नपाउनेहरु २४ सय बढी


प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार

अमेरिकी दूतावास काठमाडौं

आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुमध्ये कुल १३९३ जना नेपालीहरुलेमात्र भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । प्राथमिक डिभी विजेता र उनीहरुका परिवारका सदस्यहरुसहित १९९३ जनाले ६ महिनाको अवधिमा भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएका हुन् ।

कोरोना महामारीका कारण र डोनाल्ड ट्रम्पले लगाएको आप्रवासन रोकका कारण अक्टोबरदेखि मार्चसम्म कुनै पनि डिभी विजेता नेपालीहरुले भिसा पाउन सकेनन् । अप्रिल र मे महिनामा पनि काठमाडौंमा रहेको अमेरिकी दूतावासले कुनै पनि नेपालीहरुलाई डाइभर्सिटी भिसा जारी गरेन । यद्यपी अप्रिलमा १० जना र मे मा ५ जना नेपालीहरुले काठमाडौंबाट अन्यत्रबाट भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।

जुन महिनाबाट काठमाडौंमा रहेको अमेरिकी दूतावासले डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरेको थियो । तर जुन महिनामा काठमाडौंबाट जम्मा १६ जनालाई डाइभर्सिटी भिसा जारी गरिएको थियो । यद्यपी जुन महिनामा कुल डाइभर्सिटी भिसा पाउने र स्टाटस एड्जस्ट गर्ने नेपालीहरुको संख्या २३ रहेको थियो । अमेरिकामा रहेका नेपालीहरुले डिभी पारेको खण्डमा युएससीआईएससमक्ष स्टाटस एड्जस्ट गर्नसक्छन् भने अन्य देशमा बसोबास गरिरहेका नेपालीहरुले डिभी पारेमा काठमाडौंबाहेक अन्य देशको दूतावासबाट समेत भिसा पाउन सक्छन् ।

जुलाईमा पनि काठमाडौंमा रहेको अमेरिकी दूतावासले अत्यन्तै कम अर्थात् जम्मा ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । २ जनाले स्टाटस एड्जस्ट वा अन्य दूतावासबाट भिसा पाएका थिए । अर्थात जुलाईमा कुल ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सफल भए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अगस्तमा भने अमेरिकी दूतावास काठमाडौंले उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको थियो । अर्थात् काठमाडौं दूतावासबाट अगस्तमा ४७९ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाए । अन्य स्थानबाट पाउने र स्टाटस एड्जस्ट गर्नेहरुको संख्या जोड्दा कुल ४९३ जना नेपालीहरुले अगस्तमा डाइभर्सिटी भिसा पाएको देखिन्छ ।

अदालतले विदेश मन्त्रालयबाट लागु भिसाको प्राथमिकता खारेज गरेर असल नियतका साथ डाइभर्सिटी भिसा जारी गर्नका लागि आदेश दिएपछि सेप्टेम्बरमा काठमाडौं दूतावासले ७५९ जनालाई डाएभर्सिटी भिसा जारी गरेको थियो । अन्य स्थानबाट पाउने र स्टाटस एड्जस्ट गर्नेहरुको संख्या जोड्दा कुल ७७७ जना नेपालीहरुले सेप्टेम्बरमा डाइभर्सिटी भिसा पाएको देखिन्छ ।

२०२१ का डिभी विजेता थप नेपालीले भिसा पाउने अपेक्षा

अदालतले डिभी २०२१ का कुल ८३६१ भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ । गुड लक भर्सेस बाइडेन मुद्दामा अदालतले ६९१४ विजेताका भिसा संरक्षण गर्न अमेरिकी सरकारलाई आदेश दिएको छ भने अरु थप दुई वटा आदेशमा ४८१ र ९६६ भिसा संरक्षणको आदेश दिइएको हो ।

सेप्टेम्बर २७ मा वासिंटन डिसीको अदालतले कोरोना सम्बन्धित यात्रा प्रतिबन्धहरुका कारण भिसा पाउन नसकेका आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुका लागि ९६६ भिसा संरक्षण गर्न आदेश दिएको थियो । अक्टोबर २० मा यसबारे अदालतले थप आदेश दिएको थियो । जसमा यी भिसाहरुको प्रकृयापनि यथाशीघ्र सुरु गर्न र आगामी सेप्टेम्बरभित्र पूरा गर्न विदेश मन्त्रालयलाई आदेश दिइएको थियो । मुद्दामा नाम नभएकाहरुलाई समेत भिसा जारी गर्न भनिएको छ ।

त्यस्तै सेप्टेम्बर ३० मा दिइएको आदेशमा ६ हजार ९ सय १४ भिसा संरक्षणको आदेश दिइएको थियो । सेप्टेम्बर ३० कै अर्को आदेशमा थप ४८१ भिसा संरक्षण गर्न र आर्थिक बर्ष २०२२ भित्र जारी गर्न आदेश दिइएको थियो । ४८१ भिसाहरु मुद्दामा नाम भएकाहरुलाईमात्र जारी गरिनेछ ।

भिसा पाउन नसकेका २०२१ का डिभी विजेता केही नेपालीहरुले आगामी दिनमा अदालतको आदेश अनुशार भिसा पाउने देखिन्छ ।

ट्रम्पको पालामा भन्दा बाइडेनका पालामा कमलाई भिसा

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको थियो । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको थियो । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारीका बाबजुत पनि २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए । तर २०२१ मा त्यो भन्दा पनि कमले भिसा पाएका छन् ।

आर्थिक बर्ष २०१९ मा २७९५, आर्थिक बर्ष २०१८ मा ३३०७, आर्थिक बर्ष २०१७ मा ३४७७ र आर्थिक बर्ष २०१६ मा ३२४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा डाइभर्सिटी भिसामार्फत स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com