डिभी २०२१ का विजेताहरुले भिसा पाउने अन्तिम दिन भोलि, अदालतले भिसा संरक्षण गर्ने अपेक्षा


प्रकाशित मिति : आश्विन १३, २०७८ बुधबार

वासिंटन डिसी अदालत

डिभी २०२१ का विजेताहरुले भिसा पाउने अन्तिम दिन भोलि हो । अर्थात् अहिलेसम्मको नियम अनुशार डिभी २०२१ का विजेताहरुले सेप्टेम्बर ३० पछि भिसा प्राप्त गर्न सक्दैनन् । तर भोलिसम्म जारी भिसाका आधारमा अदालतले भिसा प्राप्त नगरेका केही डिभी विजेताहरुका लागि पछि समेत भिसा पाउने गरी भिसा संरक्षण गर्ने अपेक्षा गरिएको छ ।

गत सेप्टेम्बर ९ मा वासिंटन डिसीको अदालतका संघीय न्यायाधिस अमित मेहताले सन् २०२१ को डाइभर्सिटी भिसालाई सबैभन्दा कम प्राथमिकता दिने अमेरिकी विदेशमन्त्रालयको नीति कार्यान्वयनमा रोक लगाउँदै सेप्टेम्बर ३० भित्र सत्प्रयासका साथ डाइभर्सिटी भिसा जारी गर्न निर्देशन दिएका थिए । मेहताले सेप्टेम्बरभित्र कति डाइभर्सिटी भिसा जारी हुनेछ भन्ने यकिन नभईकन जारी नभएका कति डाइभर्सिटी भिसालाई संरक्षण गर्ने भन्नेबारे निर्णय गर्नु अपरिपक्व हुने उल्लेख गर्दै न्यायाधिस मेहताले सेप्टेम्बर ३० अगाडि विजेताहरुलाई तीब्र गतिमा भिसा जारी गर्न आदेश दिएका छन् । आर्थिक बर्ष २०२१ को अन्तिममा जारी हुन बाँकी कति डाइभर्सिटी भिसालाई संरक्षण प्रदान गर्ने भन्नेबारे अर्को आदेश जारी गर्ने मेहताले संकेत दिएका छन् ।

यसैसाता वासिंटन डिसीको ड्रिस्ट्रिक्ट कोर्टकी न्यायाधिस तान्या चुट्कनले सोमबार राती एक आदेश जारी गर्दै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको क्षेत्रीय प्रतिबन्धका कारण मारमा परेका डिभी २०२१ का ९६६ विजेतालाई विजेताहरुलाई आर्थिक बर्षको अन्त्यपछि पनि भिसा जारी गर्न आदेश दिइसकेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भियना, ब्रसेल्स, प्राग, तालिन, हेलसिन्की, पेरिस, फ्रयांकफर्ट, एथेन्स, बुडापेष्ट, रेकजाभिक, इटलीको नेपल्स, रिगा, बर्न, भिल्नियस, आम्स्टर्डम, वार्सा, लिस्बन, ब्राटिस्लाभा, भ्याड्रिड, स्टकहोम, जोहानेसबर्ग, हङकङ, डब्लिन, गोन्जाओ, लण्डन र र रिओ दि जेनेरियोमा रहेका अमेरिकी दूतावास वा कन्सुलेटमा रहेका डिभी २०२१ का केसहरुलेमात्र यो आदेश अनुशार भिसा पाउनसक्नेछन् ।

१  दिनमात्र बाँकी

डिभी २०२१ को भिसा जारी गर्ने डेडलाइन अब १ दिनमात्र बाँकी रहेको छ । कोरोना महामारी र विभिन्न कानूनी दाउपेचकाबीच अहिलेसम्म डिभी २०२१ का विजेताहरुलाई इतिहासमा नै सबैभन्दा कम भिसा जारी गरिएको छ ।

गत आर्थिक बर्ष २०२० मा कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका बाबजुत १९ हजार १ सय २५ जना डिभी विजेताले भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक छ । तर आर्थिक बर्ष २०२१ मा सेप्टेम्बर १७ सम्म जम्मा १३ हजार १ सय ९९ जनालेमात्र भिसा प्राप्त गर्न सफल भएका छन् ।

अदालतमा  पेश गरिएको रिपोर्ट अनुशार संसदले तय गरेका ५५ हजार डाइभर्सिटी भिसामध्ये २०२१ मा सेप्टेम्बर १७ सम्म जम्मा १३ हजार १ सय ९९ ले भिसा प्राप्त गरेको उल्लेख छ । अदालतमा मुद्दा दायर गरेका २२ हजार २ सय ३ डिभी विजेता र लाभग्राहीहरुले अहिलेसम्म भिसा पाउन सकेका छैनन् । अमेरिकी सरकारले सेप्टेम्बर ३० सम्म जारी गरेको भिसाको आधारमा त्यसपछि न्यायाधिस मेहताले आर्थिक बर्ष २०२१ का निश्चित संख्याका डाइभर्सिटी भिसा संरक्षणको आदेश दिने अपेक्षा समेत गरिएको छ ।

सेप्टेम्बर २३ देखि ३० सम्मका लागि जम्मा २१४२ अन्तरवार्ताहरु तय गरिएका छन् । सेप्टेम्बर १ देखि २३ सम्मका लागि ८ हजार ५ सय ४३ अन्तरवार्ताहरु तय गरिएकोमा सेप्टेम्बर १ देखि १७ सम्म ५ हजार ६ सय १४ जनाको अन्तरवार्ता लिइएको थियो । जस अनुशार सेप्टेम्बर १ देखि १७ सम्म ४ हजार ६ सय ३६ जनालाई डाइभर्सिटी भिसा जारी गरिएको थियो ।

अगस्तमा ५ हजार ७ सय ९४ जनाको अन्तरवार्ता तय गरिएकोमा ४ हजार ५ सय ७७ जनाको अन्तरवार्ता लिइएको थियो भने ३ हजार ८ सय ७५ जनालाई भिसा जारी गरिएको थियो । जुलाईमा १९९५ जनाको अन्तरवार्ता लिइएको थियो भने १७३९ जनालाई भिसा जारी गरिएको थियो । जुनमा १६८३ जनाको अन्तरवार्ता लिइएको थियो भने १४८८ जनालाई भिसा जारी गरिएको थियो ।

मे महिनामा १०१५ जनाको अन्तरवार्ता लिइएको थियो भने ९२८ लाई भिसा जारी गरियो । अप्रिलमा ५७९ जनाको अन्तरवार्ता लिइयो भने ५१४ जनालाई भिसा जारी गरिएको थियो । मार्चमा १८ जनाको अन्तरवार्ता लिएर सबैलाई भिसा जारी गरिएको थियो । फेबु्रअरीमा एकजनालाईमात्र भिसा जारी गरिएको रेकर्ड छ । झण्डै ५ महिनासम्म अमेरिकाले डिभी २०२१ का विजेतलाई भिसा जारी गरेको थिएन ।

कति नेपालीले पाए डाइभर्सिटी भिसा?

अहिलेसम्म डिभी २०२१ का कतिजना नेपाली विजेताहरुले भिसा पाए भन्ने यकिन तथ्यांक प्राप्त भएको छैन । तर अमेरिकी दूतावास काठमाडौंले जुलाई महिनामा ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईबाट उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरेको थियो ।

जुन महिनामा अमेरिकी दूतावास काठमाडौंले जम्मा १६ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । मे महिनासम्म आर्थिक बर्ष सन् २०२१ का डिभी विजेताहरुलाई अमेरिकी दूतावास काठमाडौंले भिसा जारी गरेको थिएन ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको थियो । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारीका बाबजुत पनि २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए । त्यो भन्दा अगाडि आर्थिक बर्ष २०१९ मा २७९५, आर्थिक बर्ष २०१८ मा ३३०७, आर्थिक बर्ष २०१७ मा ३४७७ र आर्थिक बर्ष २०१६ मा ३२४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा डाइभर्सिटी भिसामार्फत स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com